नुन, तेल र चाउचाउसँग राष्ट्रियता साट्दैनौँ : चित्रबहादुर केसी

chitra-bahadur-kc

भक्तपुर- उपप्रधानमन्त्री चित्रबहादुर केसीले नुन, तेल र चाउचाउसँग कुनै हालतमा नेपालको राष्ट्रियता नसाटिने बताउनुभएको छ ।

जिल्ला सहकारी सङ्घ भक्तपुरको १७ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले मुलुकको स्वाधीनता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकता सुरक्षित गर्न जनताले नाकाबन्दीको कष्ट सहेर सरकारलाई साथ दिएकामा प्रशंसा गर्नुभयो ।

सहकारी तथा गरिबी निवारणमन्त्री केसीले भन्नुभयो, “मैले सम्हालेको मन्त्रालयमा बजेट एउटा नगरपालिकाको जति पनि छैन, गरिबको बजेट जति ठूला मन्त्रालयमा जाँदो रहेछ, अनि कसरी काम गर्नू ।”