बेरुत (लेबनान) : रसियाद्वारा गरिएको हवाई आक्रमण सोमबार सिरियाको अलेप्पो प्रान्तमा अवस्थित एक विद्यालयमा परेपछि त्यहाँ अध्ययनरत् कम्तिमा १२ जना विद्यार्थी तथा तीन जना वयस्क मारिएको अनुगमनले देखाएको छ ।
मानवअधिकारको अनुगमन गर्दै आएको बेलायतस्थित सिरियाली संस्थाका अनुसार आक्रमणबाट एक शिक्षकसहित तीन जना वयस्क तथा १२ जना विद्यार्थीको मृत्यु भएको छ।
घटनामा २० जना अन्य शिक्षक तथा विद्यार्थी घाइते भएका छन्।
सरकार र विद्रोही इस्लामिक समर्थकबीच सिरियाको उत्तरी प्रान्तमा आइतबारदेखि झडप भइरहेको र रसियाद्वारा प्रहार गरिएको क्षेप्यास्त्र विद्यालय हातामा परेपछि सो घटना भएको थियो । रासस/एएफपी







