लिबिया । लिबियाको पश्चिमी लिटेन सहरस्थित अल जाहफल प्रहरी तालिम केन्द्रमा बम विस्फोट हुँदा कम्तिमा ५० जना मारिएका छन् ।
विस्फोटमा परी अरु धेरैजना घाइते भएका छन् । ट्रकमा राखिएको बम तालिम केन्द्रमा विस्फोट गराइएको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
लिबियामा कार्यरत संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आक्रमणलाई आत्मघाती भनेका छन् ।
विस्फोटको समयमा तालिम केन्द्रमा सैयौं जवानहरु रहेका थिए । विस्फोटलगत्तै त्यहाँ आपत्कालीन स्थितिको घोषणा गरिएको छ ।
उक्त तालिम केन्द्र कर्णेल मोहम्मद गद्दाफीको शासनकालमा सैन्यवेसको रुपमा प्रयोग गरिन्थ्यो ।
सन् २०११ मा गद्दाफीलाई सत्ताच्यूत गरिएपछि लिबियामा अस्थिरता बढ्दो छ ।







