प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको अज्ञात समूहद्वारा हत्या

murderकाठमाडौं- सप्तरीमा अज्ञात समूहको गोली प्रहारबाट प्रहरी असईको हत्या भएको छ।

सोमबार साँझ नर्बु गाविस ६ स्थित झुट्की प्रहरी चौकीमा कार्यरत साहायक रमेश सुब्बाको अज्ञात समूहले गोली लागि हत्या भएको प्रहरीले जनाएको छ। अज्ञात समूहले साँझ ६ बजेर १५ मिनेटमा चौकीमा आक्रमण गरेको थियो।

छातिमा २ गोली लागेका उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो। सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिएको जानकारी अनुसार भारतीय सीमा नजिक रहेको सो प्रहरी चौकीमा साँझ सवा ६ बजे अज्ञात समुहले गोली हानी आक्रमण सुरु गरेक थिए।