चितवन- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मधेसवादी दलका जायज मागलाई बेवास्ता गरिएमा देशलाई ठूलो धक्कापर्ने बताउनु भएको छ ।
४० औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा चितवनमा आयोजित राष्ट्रियता र विपिको मेलमिलाप नीति विषयक विचारगोष्ठीमा बोल्दै उहाँले मधेसवादी दलको मागका विषयमा कांग्रेस खुलारुपमा छलफल गर्न तयार रहेको बताउनुभयो ।
मधेसवादी दलको मागलाई सम्बोधन गर्ने कुरामा सरकारमा रहेका दल पनि सकारात्मक बन्नुपर्ने उहाँले बताउनुभयो । सबै मिले मात्र देशको विकास हुनसक्ने भन्दै आजको दिनले सबैलाई प्रेरणा मिल्नुपर्ने उहाँले बताउनुभयो ।






