काठमाडौं– फिल्म ‘सुपरहिट’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
‘तस्करीमा’ बोलको गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु गीतमा देखिएका छन् । केहि महिनाअघि अध्ययनको लागी अमेरिका पुगेकी बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट र उमंग मात्र हो ।
सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ ।
फिल्ममा विनितासँगै दिव्यदेव, शिशिर राणा, मञ्जु श्रेष्ठ लगायत मूख्य भूमिकामा छन् ।






