लोडसेडिङ बढ्यो, आजदेखि ७७ घण्टा हुने

loadsकाठमाडौं- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ दैनिक एक–एक घण्टा बढाएको छ ।

सातामा ७० घण्टा हुँदै आएको लोडसेडिङ शुक्रबारदेखि ७७ घण्टा हुने भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भूवन क्षेत्रीले सुख्खायाममा नदीको जलस्तर घटेकाले लोडसेडिङ बढेको जानकारी दिए ।

प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार अब खाना पकाउनेबेलामा सातामा एक दिनमात्रै बत्ती आउनेछ । उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खाना पकाउनेबेला बिजुली नकाट्ने दाबी गरे पनि व्यवहारमा प्रयोग भएन ।