घुस लिँदै गरेका नापी सर्वेक्षक पक्राउ

;]jfu|fxL;+u 3'; lnPsf] cf/f]kdf wflbª l:yt lhNnf gfkL sfof{nosf gfkL ;j]{Ifs n]vgfy a'nf{sf]6LnfO{ kqmfp kl5 3'; lnPsf] gub hfFr ul/Fb} . tl:a/ –;Ltf/fd clwsf/L, /f;;, wflbª

धादिङ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला नापी कार्यालय धादिङका नापी सर्वेक्षक लेखनाथ बुर्लाकोटीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । जग्गा नापीसम्बन्धी काम मिलाइदिने भन्दै बुर्लाकोटीले सेवाग्राहीसँग रु एक लाख ५० हजार नगद लिनुका साथै एभरेष्ट बैंकको खातामा दुई लाख ३२ हजार जम्मा गर्न लगाएका थिए । बुर्लाकाटीलाई अख्तियारले हिरासतमा राखेको छ ।