सहमतिमै संविधान संशोधन : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई प्रकृयागत रुपमा अगाडि बढाउन अन्य दलहरुसँग पनि छलफल गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति सुशील कोइराल निवास महाराजगञ्जमा बसेको कांग्रेस पदाधिकारी बैठकमा दलहरुसँगको परामर्शपछि आवश्यकता अनुसार विधेयक परिमार्जन गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले आजै संसदीय दलको बैठक डाक्ने र बैठकका एजेण्डाको बारेमा पनि छलफल भएको जानकारी दिए ।

बैठकले पार्टीको सम्पूर्ण ध्यान १३ औं महाधिवेशनको तयारीको लागि केन्द्रीत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी महाधिवेशनका लागि विभिन्न समिति र उपसमितिका बैठक सम्पन्न गर्न समिति र उपसमितिका संयोजकहरुको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

बैठकमा नाकाबन्दीसँगै जनताले झेल्नु परेको समस्या सामधान गर्ने र बढ्दो कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय पनि भएको छ ।