काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ । चिनियँ वैज्ञानिकहरुले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन् ।
चाइनिज एकेडेमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनालासमेत संकटमा पर्न सक्ने देखिएको छ ।
तापक्रम मापन यन्त्रले उपलब्ध गराएको तथ्यांक विश्लेषण गरी यस्तो तथ्य सार्वजनिक गरिएको वैज्ञानिकहरुले बताएका छन् ।






