काठमाडौं- नेपाल देखाएर चिटिङ गरएको भारतीय सुन्दरीको भिडियो विवादित भएको छ ।
यसबर्षकी मिस अर्थ इन्डिया आइतल खोस्लाले मिस अर्थका लागि प्रस्तुत गरेको भिडियोमा नेपालको प्राकृतिक सौन्दर्य र जनजीवनलाई समेत देखाईएको छ ।
खोस्लाले प्रस्तुत गरेको भिडियोमा नेपालको वनजंगल, हिमाल र काठमाडौंको केही दृश्य देखाईएको छ । भिडियोमा प्रस्टरुपमा नेपालमै रहेका सम्पदा र यहाँको जनजीवनलाई देख्न सकिन्छ ।
यही मंसिर १९ गते अष्ट्रियाको भेसिसमा हुने मिस अर्थमा सहभागी हुन नेपाली सुन्दरी दिव्यता वैद्य पनि त्यहाँ पुगेकी छिन् । उनले पनि आफ्नो प्रस्तुतीमा नेपाली पहिचान झल्किने दृश्य समेटेकी छिन् ।






