बेलायतको संसद भबन अगाडी मोदीविरुद्ध भब्य प्रदर्शनको तयारी आक्रोशित हजारौं नेपाली सहभागी हुँदै, के भन्छन्,अध्यक्ष सिमखडा

लन्डन ।

बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन गर्ने  भएका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा  आक्रोशित नेपालीले मोदी विरुद्ध बेलायतको संसद भबन अगाडी  १२ नोभेम्बर, दिनको १२ बजे देखी ३ बजे सम्म प्रर्दशन गर्न  लागेका हुन् ।india

प्रर्दशनमा बेलायत स्थित बिभिन्न नेपाली संघ संस्थाहरुको  सहभागिता रहने प्रवासी मञ्च युकेका अध्यक्ष रामशरण सिमखडाले बताए ।  भारतीय प्रधानमन्त्री मोदीले भोली देखि १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमण गर्दैछन् ।प्रदर्शनमा बेलायतस्थित तीन दर्जन भन्दा संघसंस्थाका प्रतिनिधि र अन्य हजारौं नेपाली स्वतस्फूर्त सहभागी हुने अपेक्षा गरिएको छ ।

स्वाधिन राज्य प्रति छिमेकि मुलुकको अत्याचारको बिरुद्धमा गर्न लागिएको प्रदर्शनमा हजारौं नेपाली स्वतस्फूर्त सहभागी हुने अध्यक्ष सिमखडाले बताए । ‘भारतको नाकाबन्दी अन्तराष्ट्रिय कानुनको खिलाफमा छ, अझ त्यो भन्दा बढी मानवीय संवेदना बिरुद्ध भारत उभिएको छ,‘एउटा स्वाधिन र स्वातन्त्र देशमाथि हस्तक्षेप गरेको बिरोधमा हामीले प्रर्दशन गर्न लागेका हौं ।’india 1

अध्यक्ष, रामशरण सिमखडा

भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्रतापूर्वक पारवहन अधिकार  उपभोग गर्न पाउनुपर्ने नेपालको अधिकार भारतले हनन गर्नु  दुःखत भएको उनले बताए ।  नाकाबन्दीलाई अन्तराष्ट्रिकरण गर्नका लागि यो प्रर्दशनले सहयोग गर्ने उनको भनाई छ । हजारौंको प्रर्दशनले अन्तराष्ट्रिय समुदायको ध्यानाकषर्ण हुने उनको भनाई छ ।

मोदीको यो भ्रमण निकै तनावपूर्ण हुने भएको छ । निरपेक्षता  वकालत गर्ने व्यक्ति संथाहरुको संजाल अवाज नेटवर्कले ‘नो टु  मोदी’ अभियान नै चलाएको छ ।

त्यसैगरी मोदी गुजरातका मुख्यमन्त्री हुँदा सन् २००२ मा हिन्दु  मुसलमान दंगा गराएर १ हजार भन्दा बढीको ज्यान गएको भन्दै  आलोचकहरुले बिरोध गरिरहेका छन् । उनीहरुले फूटबलका  लागि प्रख्यात ठाउँ वेम्बोलीमा नोवेम्बर १३ मा प्रदर्शनको तयारी  गरेका छन् ।