काठमाण्डौ २४ कार्तिक । काठमाडौं- भारतले लगाएको नाकाबन्दीसहित अन्य विषयलाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशवासीको नाममा सम्बोधन तयारी गरेका छन्।
सरकार गठन भएको एक महिनाका पुगेको दिन मंगलबार प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न तयारी भएको भएको हो। ‘सरकार गठन भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्नु लाग्नुभएको हो,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘एक साताभित्र सम्बोधन हुन्छ। मंगलबार सम्बोधन हुने सम्भावना पनि छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशबासीको नामै चाँडै सम्बोधन हुने बताएका छन्। दुई राज्यमन्त्री र दुई सहायक मन्त्रीलाई सपथ ग्रहण गराएपछि उनले चाँडै नै त्यस प्रकारको सम्बोधन हुने जानकारी गराएका हुन्। सरकार गठन भएरको भारतले नाकाबन्दी गरेको लामो समय भए पनि सरकारले औपचारिक रूपमा आमजनतालाई सम्बोधन नगरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त हुन थालेका छन्।






