विद्रोहीको आक्रमणमा परी चार टर्किस सैनिकको मृत्यु

टर्की, कार्तिक ९ । टर्कीको दक्षिणी क्षेत्रमा ईस्लामिक स्टेट (आईएस) विद्रोहीको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको छ । भिडन्तमा कम्तीमा ११ विद्रोही मारिएका छन् ।
ईराकको सीमा नजिक रहेको टर्कीको दाग्लिका नगरमा केही दिनयता सरकारी सुरक्षा फौज र आईएस विद्रोहीबीच भिडन्त जारी छ ।
भिडन्तमा परी केही कुर्दीस विद्रोहीहरु घाईते भएको बताईएको छ ।
टर्कीमा यही नोभेम्बर १ तारिखमा निर्वाचन हुँदैछ । निर्वाचनको पुर्वसन्ध्यामा भिडन्तका घटनाहरु बढेका हुन् । (एजेन्सी)