अरबियन मुलुकबाट इन्धन ल्याउन गृहकार्य, १० कम्पनीले चासो देखाए

 काठमाण्डाै २३ असाेज ।  नेपाल आयाल निगमले इन्धन आपूर्ति गर्न टेण्डर अह्वान गरेपछि ढुवानी गर्नका विभिन्न कम्पनीहरुले चासो देखाएका छन । निगमका अनुसार दुई दिन (बिहीबार र शुक्रबार)मा १० कम्पनीले चासो देखाएका हुन ।

ढुवानीका लागि चासो देखाउनेमा अधिकाश काग्रो सर्भिस र पेट्रोलियमसग जोडिएका कम्पनीहरु रहेको निगमका एक अधिकारीले बताए ।

‘बिहिबार ३ वटा र शुक्रबार ७ वटा कम्पनीहरु सोधपुछका लागि आएका थिए । तिनीहरुले प्रक्रियाका बारेमा बुझन चाहेका छन,’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘सोधपुछ गर्न आउनेमा अधिकाश सयुक्त लगानी भएका कम्पनी छन ।’

ती कम्पनीहरु रसियन र सिगापुरसंग सम्बद्ध रहेको उनको भनाई छ । निगमका अनुसार ढुवानीमा कम्पनीहरुले चासो देखाएपनि आधिकारीक रुपमा प्रस्ताव भने पेस गरिएको छैन । दुई दिनको अवधीमा भारतीय कम्पनीहरु पनि आएका छैनन । अहिलेको परिस्थिति सहज नभएसम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यास जुनसुकै देशबाट र जुनसुकै मार्गबाट ल्याएर आपूर्ति व्यवस्थालाई सहज बनाउन मन्त्रिपरिषद्ले निगमलाई जिम्मा दिएको थियो ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई बैकल्पीक मार्ग  पहिचान गर्न निर्देशन  दिइसकेको थियो । चिन, बंगलादेश, मलेसिया लगायत कुन मुलुकबाट इन्धन ल्याउन सम्भव हुन्छ सोही अनुसार ल्याउन निर्देशन दिइएको थियो ।

सोही अनुसार निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिको लागि टेण्डर आह्वान  गरेको थियो । झण्डै दुई सातादेखि भारतीय आयल कर्पोरेसन्स(आइओसी)ले पर्याप्त तेल नपठाएपछि निगमले १५ दिनको लागि जुनसुकै माध्यमबाट जुनसुकै देशबाट आयात गर्नसक्ने गरी टेण्डर आह्वान गरेको थियो ।

निगमले तीन दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो । तर, तेस्रो दिन सार्वजनिक बिदा(शनिबार)  परेकाले एक दिन थप हुने निगमका एक उच्च अधिकारीले बताए । यस्तै, १५ दिनको सम्मको लागि भनिएको निर्यातको समय बढ्ने सक्ने  ती  अधिकारीले बताए । ‘१५ दिनको लागि मात्रै समय  कम हुने अनुमान छ,’ ती उच्च अधिकारीले भने, ‘अहिलेको परिस्थिती हरेर समय थप्न सक्छौ ।’

टेण्डर जारी भएपछि धेरै कम्पनीहरुले चासो दिएका अधिकाश कम्पनीहरुले प्रस्ताव पेश गर्नेमा आशाबादी भएको ती अधिकारीले बताए । । ‘कुन/कुन कम्पनी र कति मुल्यमा इन्धन दिनसक्छ भनेर टेण्डर अह्वान गरेका छौ । धेरैले चासो दिएका छन,’ ती अधिकारीले भने, ‘चासो दिएका मध्ये अधिकांश आउनेमा आशावादी छौं ।’

निगमले जारी गरेको टेण्डरमा १५ दिनको लागि प्रतिदिन डिजेल करिब २०० किलोलिटर, पेट्रोल करिब १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल करिब २०० किलोलिटर र एलपी ग्यास करिब १०० मेट्रिक टन ल्याउन भनिएको छ । यस्तै, बगलादेश, सिगापुर र भारतबाट इन्धन ल्याउनेमा प्रारम्भिक  तयारी भएपनि तत्कालका लागि सम्भव नभएको निगमले जनाएको छ । ती मुलुकबाट आयात गर्नमा प्राविधीक समस्या हुन थालेपछि निगमले अरेबियनम मुलुकबाट ल्याउन गहृकार्य गरिरहेको जनाएको छ ।

‘बंगलादेश, सिगापुर, भारतमुलुकबाट आयात गर्दा भारतकै भूमि प्रयोग गर्नुपर्छ । अहिलेको परिस्थितीमा सम्भव देखिंदैन,’ निगमका प्रबन्ध निर्देशक  गोपालबहादुर खड्काले सार्वजनिक समितीमा भने, ‘अरेबियन मुलुकबाट ल्याउन सकिन्छ कि भनेर पनि गृहकार्यमा जुटेका छौं।’

भारतको अघोषित नाकाबन्दीले इन्धनको आपूर्तिमा समस्या भएपछि निगमले कोटा प्रणाली अनुसार इन्धन बितरण गर्दे आएको छ । कोटा प्रणालीमा पनि निजी सवारी(कार/मोटरसाइकल),ट्रिपर, ट्रक, मिनी ट्रकहरु  र निमार्ण सेवासग सम्बन्धीत साधनलाई पेट्रोलियम प्रद्धाथ उपलब्ध गराइएको छैन ।  अत्यावश्यक बस्तु ढुवानीमा सलग्न पिकअप, डेलीभरी भ्यान आदीलाई जोर बिजोर नम्बरलाई  जोरबिजोर गते अनुसार इन्धन बतरण गरिएको छ ।

दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम प्रद्धार्थ उपलब्ध गराउँदै आएको छ । चाडबाड नजिकिएकाले सार्वजनिक यातायातलाई असर नपार्ने उदेश्यले यस्तो निर्णय गरेको हो