झरना, कामविहीन हिरोइन

निर्देशक दीपक रायमाझीको मात्र होइन, हिरोइन झरना थापाको पनि ड्रिम प्रोजेक्ट थियो फिल्म डेस्टिनेसन काठमाडौँ । युगदेखि युगसम्म जस्तो सुपरहिट फिल्म निर्देशक दीपकले यो फिल्मको गृहकार्यमै धेरै समय खर्चिएका थिए । तर, दु:खद कुरा, सुटिङ सकिएपछि उनको निधन भयो, उनले आफ्नो ड्रिम प्रोजेक्ट पूरा गर्न पाएनन् । निर्देशककै निधन भएपछि अलपत्र परेको यस फिल्मलाई बल्ल रिलिजको संयोग जुरेको छ ।

एक त पाँच वर्ष पहिले बनाएकाले विषयवस्तु र मेकिङ दुवै पुरानो भइसकेको छ, अर्कोतिर प्रचारप्रसार नगरिएकाले फिल्मले खासै चर्चा बटुल्न सकेको छैन । जसको प्रत्यक्ष प्रभाव परेको छ, झरनालाई । कुनै समयकी हिट हिरोइन झरना पछिल्लो केही वर्षयता कामविहीन छिन्, यस्तो बेला रिलिज भएको फिल्मले करिअर उकास्ला भनेर आशा राख्नु स्वाभाविक हो तर झरनाको हकमा त्यसो हुन सकेको छैन । विचरी † त्यसमाथि उनले ए मेरो हजुरको सिक्वेल निर्देशन गर्ने हल्ला पनि सेलाएको छ । ध