गुल्मी २० असाेज । भर्खर विसा–वाईसे अल्लारे उमेरका गुल्मी अस्लेवा–५ का अजुर्न कनौजाले क्याम्पस पढ्दै व्यवसायीक तरकारी खेतीबाट खर्च कटाएर पनि वार्षिक १० लाख भन्दा बढि चोखो आम्दानी लिन्छन् ।
उनले गत ४ वर्ष देखि अस्लेवा –५ को चौरफाँटमा ७ रोपनी भाडामा र आफ्नो खेत सहित २२ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । उनि जिल्ला कै अगुवा युवा कृषकका रुपमा पुरस्कृत समेत भएका छन भने जिल्ला कृषि विकास कार्यालयको नजरमा पनि उनि सफल युवा कृषकका रुपमा चिनिन्छन् ।

वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारले पनि उनको मेहनतलाई सह्रना गर्दै आएका छन् । त्यस कार्यालयका वागवानी अधिकृत फटकबहादुर थापा त कनौजेलाई अगुवा युवा कृषक भनेर ठोकुवा गर्दछन् ।
उनि सहित व्यवसायीक तरकारी खेतीबाट गुल्मीमा वार्षिक ५ देखि १० लाख सम्म आम्दानी गर्ने कृषकहरुको विवरण माग्दा जिल्ला कृषि विकास कार्यालयले दर्जनौं कृषकहरुको नाम दिएको छ ।
सो कार्यालयका अनुसार रेसुङ्गा नगरपालिका ११ सिमीचौर मोहराईका विनोद कुँवरले अकवरी खुर्सानीबाट मात्र वर्षिक ३ लाख भन्दा बढि कमाउछन् । उनले तरकारी खेती र दुधबाट समेत गरी पाँच लाख भन्दा बढि कमाउछन् ।
त्यस्तै पुर्कोटदह –९ का गणेश थापा, वडा नम्वर –५ का लोकहरी कुँवर र विनोद कुँवर ५ लाख भन्दा माथी आम्दानी लिने कृषकहरुमा पर्दछन् । जोहाङ्ग –१ चोरकाटेका छविलाल भट्टराईले वार्षिक १० लाख सम्म कमाउछन् ।
ग्वाघाका हरिबहादुर कार्काीले त्यो सुख्खा डाँडामा व्यवसायीक तरकारी खेती गरेर वार्षिक ५ लाख भन्दा बढि कमाउने गरेको कृषि विकास कार्यालयका प्राविधिक सहयाक सनबहादुर थापाले बताए । जुभुङ्ग–१ ीझरवासका टिकाराम गौतमले अकवरी खर्सानी र तरकारीबाट वार्षिक ८ लाख सम्म आम्दानी लिने गरेको बताउछन् । रेसुङ्गा नगरपालिका ३ का लिलबहादुर थापा, थानापति –३ का लेखनाथ गौतम , हुँगाका दानबहादुर पल्ली, रामु खराल, शिव खराल, गोपालप्रसाद भण्डारी, झविन्द्रप्रसाद पाण्डे लगायत त्यहाँका दर्जनौ युवाहरुले तरकारीबाट वार्षिक ५ लाख भन्दा बढि आम्दानी लिने गरेका छन् ।
त्यस्तै रेसुङ्गा नगरपालिका–४ का प्रेम पन्थी, खज्र्याङ्ग– ३ का प्रदिप श्रेष्ठ, हर्दिनेटा– ९ नरम गाउँकी खगिश्वरा वलाल, विष्णु बुढाथोकी पनि वार्षिक पाँच लाख भन्दा बढिको तरकारी उत्पादन गर्दै आएका छन् । गाउँ गाउँका केहि युवा कृषकहरुले व्यवसायीक तरकारी खेतीबाट प्रशस्त आम्दानी लिन थाले पछि अहिले विदेश जान आँटेका युवाहरु त्यतातिर जाने मन मारेर त्यस्तै खेत ीगर्न थालेका छन् ।
युवा लक्षित व्यवसायीक तरकारी उत्पादन कार्यक्रम कृषि विकास कार्यालयले सञ्चालन गरे पछि युवाहरु थ्प प्रोत्साहित भएका छन् । अव तत्काल ६० जना युवाहरुलाई ४० हजार रुपैयाँका दरले अनुदान दिने तयारी भएको उनै वागवानी विकास अधिकृत फटिकबहादुर थापाले जानकारी दिए ।






