यतिबेला विश्वभरीका नेपालीविचमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौ अधिबेशनकाे चर्चा चुलिएकाे छ । अधिवेशन आउन ८ दिन मात्र रहँदा अधिबेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी घाेषणाकाे क्रम पनि तिब्र रूपमा बढेकाेले चर्चा चुलिएकाे हो।
अधिवेशनका लागि गैरआवासीयहरु घर फर्कन थालेका छन् भने सामाजिक संजाल, फोन, ईमेलमार्फत भोट माग्न शुरु गरेका छ्न् । मुख्य पदका दाबेदारहरुमध्ये अधिकांश काठमाडौ पुगेर आफ्नो सक्रियता बढाईसकेका छन्। अक्टोबर ९ देखि १३ को मितिमा धेरै गैर आबासीयहरु घर फर्कने तयारीमा छन्र।
संघको अध्यक्षको लागि उम्मेद्वारी घोषणा गरेका शेष घले, टीबी कार्की र रतन झाले उम्मेदवारी घाेषणाा गरेका छन् । तर अहिलेसम्म पनि पहिलेका अधिबेशनहरुमा हुने गरेको जस्तो खासै चर्चा र उत्सुकता भने यसपाली देखिएको छैन।
सातौ अधिबेशनमा घलेलाई अध्यक्षमा सर्बसम्मत गर्नु वा चुनाबी मैदानमा उत्रनु यो प्रष्ट देखिएको बाताबरण हो। तर पछिल्लो पटक अध्यक्ष प्रत्यासी कार्कीले देखाएको सक्रियता र चासोको कारण उनि कुनै पनि हालतमा पछाडि नहट्ने पक्षमा देखिन्छन्। अर्का प्रत्यासी झा ले पनि महिनौ दिन अघि बाट नै गैर आबासीयहरु सँग छलफल र भेटबार्ता गरेका कारण पनि आँफुलाई धेरैले बिश्वास गर्नेमा ढुक्क देखिन्छन्।
उपाध्यक्ष र महासचिबमा कस्तो छ ?
यस पटकको अधिबेशनमा उपाध्यक्ष,महासचिब र सचिबमा कसले जित्ला भन्नेमा धेरैको चासो छ। उपाध्यक्ष पदमा जापानबाट पुन:भवन भट्टले उम्मेद्वारी घोषणा गरेका छन्। यस्तै जर्मनीबाट बर्तमान महासचिब कुमार पन्तले पनि आफूलाई उपाध्यक्षमा अगाडि सारेका छन्।
सोही पदमा खाडी क्षेत्रबाट नरेन्द्र भाटले दाबा गरेका छन्। अमेरिकाबाट उम्मेद्वार घोषणा गरेका खगेन्द्र क्षेत्रीलाई पनि दाबेदार मान्न सकिन्छ। गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षको जिम्मेबारी सम्हाली सकेका क्षेत्री चुनाबी प्रचारप्रसारमा निकै अगाडि देखिन्छन्। यता उपाध्यक्षमा नै अस्ट्रेलियाबाट डा. शमशेरसिंह थापा र बेलायतबाट लक्ष्य गुरुङले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन्।
यसपटक उपाध्यक्षमा जस्तै महासचिबमा पनि कडा प्रतिस्पर्धा हुने निश्चित छ। रसियाबाट डा बद्री केसी, स्पेनका पुष्पराज तिमिल्सिना, अष्टेलियाबाट रन्जु बाग्ले थापा र जर्मनीका पुष्प थापाले उम्मेद्वारी घोषणा गरेका छन्। गत अधिबेशनमा सचिबमा बिजयी बनेकी थापाले तिमिल्सिनालाई झिनो मतले पराजित गरेकी थिईन्। यी दुवै जना फेरि महासचिबका लागि एकै ठाँउमा भिड्दै छन्। उता कोषाध्यक्षमा सफलता पुर्बक जिम्मेबारी निर्वाह गरेका डा. केसीले सक्रियता बढाएका छन् ।
सचिब र कोषाध्यक्षमा पनि कडा प्रतिस्पर्धा
सपटक सचिबमा उम्मेद्वारी घोषणा धेरै जनाले सहज ढंगले गरेका छन्। सहज यो अर्थमा कि अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य वा राष्ट्रिय समन्वय परिषदमा कुनै जिम्मेबारी पदमा रही काम गरेको अनुभव नभएकाहरुले पनि घोषणा गरेका छन्। कतिपयले यसलाई सस्तो लोकप्रियको संज्ञा दिएका छन्। सचिबमा बेल्जियमका अर्जुनकुमार श्रेष्ठ, अष्ट्रेलियाका गणेश केसी, साउदी अरबबाट धरम केसी बेलायतबाट सुरेन्द्र श्रेष्ठ, जर्मनीबाट सन्तोष भट्टराई, ईटालीबाट युवराज अधिकारी लगायतले उम्मेद्वारी घोषणा गरेका छन्।
यता कोषाध्यक्षमा जापानबाट चिरन्जिबी थापा, अस्ट्रेलियाका भैरव ढकाल,अमेरिका राजेन्द्र शिवाकोटी र अफ्रिकाबाट हिक्मत थापाले उम्मेद्वारी घोषणा गरेका छन्। कोषाध्यक्ष पदमा पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
युवा संयोजकमा ठूलै भीड / महिलामा पुरानैको सम्भावना
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा संयोजकको पदका लागि लामै भीड छ। अष्ट्रेलियाबाट मात्रै दुई जनाले उम्मेद्वारी घोषणा गरेका छन्। वर्तमान युवा उप–संयोजक कृष्ण गिरी र अस्ट्रेलिया कै निरन्जन प्रसाइँले उम्मेदवारी दिएका हुन्।
यस्तै युरोप क्षेत्रबाट मात्रै सोहि पदका लागि ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन्। फ्रान्सका निर्मल अर्याल,डेनमार्कबाट लोकराज शर्मा र नेदरल्याण्डका फडीन्द्र पन्तले दाबी गरेका हुन्। यस्तै हाल महिला संयोजक र उपसंयोजक सम्हालि रहेका दुवै जनाले सोहि पदका लागि पुन: दाबी गरेका छन्। रसियाबाट संयोजक पदमा सपिला राजभण्डारी र बेल्जियम कि रजनी प्रधानले उप-संयोजकमा पुन:उम्मेद्वारी घोषणा गरेकी छन्। दुवै जनालाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ। महिला उप-संयोजकमा नै ईजरायलबाट भगवती बस्नेतले पनि उम्मेद्वारी घोषणा गरेकी छिन्।
युरोप क्षेत्रीय संयोजकका लागि कडा प्रतिष्पर्धा,उप-संयोजकमा उम्मेद्वार
युरोप क्षेत्रीय संयोजक पदमा यसपटक अहिले सम्म कै कडा प्रतिष्पर्धाको हुने देखिएको छ। बेलायतबाट कुल आचार्य र डेनमार्कका सोम सापकोटाले उम्मेद्वारी घोषणा गरे पछि कडा प्रतिस्पर्धा हुने देखिएको हो। सापकोटाले हाल उप- संयोजक पदमा रही धेरै गैरआवासीय नेपालीहरुको मन जितेका छन्। आचार्य एनआरएन युकेका पुर्ब अध्यक्ष एबम बर्तमान आईसीसी सदस्य समेत हुन्।
युरोप उप-संयोजकका लागि भने ठूलै भीड छ। स्पेनका दीपक खरेल, बेल्जियमबाट शिबकुमार बरुवाल र प्रेम गुरुङ, डेनमार्कबाट सुर्य प्रकाश खनाल, ,बेलायतका थर्क सेन, पोर्चुगलबाट हेमन्त सेढाई लगायतले उम्मेद्वारी घोषणा गरेका छन्। गत अधिबेशनमा उप- संयोजक पद सर्बसम्मत बने पनि यसपटक भने सोही पदका लागि दावा गर्नेको ओइरो लागेको छ।
उम्मेद्वारहरुका एजेन्डाहरु
‘एक पटकको नेपाली सधैँको नेपाली” नेपाली नागरिकताको निरन्तरताको सुनिश्चितता भन्दै सधैँ प्रमुख एजेण्डा बनाउने एनआरएनहरुको प्रतिबद्दतामा यस पटक भने यसबारे उल्लेख नै भएन। कारण, देशमा जारी नयाँ संबिधानले नागरिकताको अधिकार दिएको छ ।
तर यो पटक देशमा गएको भूकम्पको कारण सबै उम्मेद्वारहरुको नयाँ प्रतिबद्दता आएको छ- “देश पुन:निर्माणमा भूमिका खेल्ने छु, भूकम्पपछि देशमा पुन:निर्माण गर्नको लागि मेरो योगदान पूर्ण रुपमा रहने छ।” यो अलवा गैर आबासीयहरुको हित, खाडीको समस्या,अभियानका निरन्तरता यी सबै पुरानै एजेन्डा हुन्।






