काठमाण्डौ १९ असोज । नाकाबन्दीका कारण उपत्यका लगायत नेपालभर बिशेषरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको चरम अभाव सिर्जना भएको छ । पेट्रालियम भर्न गएका नेपाली ट्यांकरहरु आइतबार पनि भारतीय भूमिमै रोकिए ।
नाकाबन्दी खुलाउन प्रधानमन्त्री तहमा कुराकानी हुंदै
नाकाबन्दी हटाउन भारतको आलटाल
नयाँ दिल्ली/काठमाडौ : भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालमाथिको नाकाबन्दी हटाएर सक्दो चांडो पेट्रोलियम पदार्थ शुचारु गरिदिन भारतीय पक्षलाई आग्रह गरेका छन् ।
नेपालीहरुका दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिंदै गएको अवस्थामा पेट्रोलियम पदार्थ रोकिंदा जनताले सास्ती बेहोरिरहेको भन्दै भारतीय बिदेश मन्त्रालयका अधिकारीहरुलाई सोमबार ध्यानाकर्षण गराएका हुन् ।
‘नजिकिंदै गरेका चाडपर्वहरुमा पेट्रोल र बस्तुहरुको माग बढी हुन्छ । त्यसकारण आपूर्ति पनि बढि हुनुपर्छ’ राजदूत उपाध्यायले भारतीय बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरसंग भने ।
नाकाबन्दी खुलाउन प्रधानमन्त्री तहमा कुराकानी हुंदै
भारतले लगाएको नाकाबन्दीका कारण मुलुक नै ठप्प भएपछि प्रधानमन्त्री शुशील कोइरालाले भारतीय समकक्षि नरेन्द्र मोदीसंग केहि दिन भित्रै कुराकानी गर्ने भएका छन् ।
‘अहिले भारतबाट नेपालतिर पेट्रालियम पदार्थ र सामानहरु आउन भइरहेको कठिनाईबारे प्रधानमन्त्रीले केही दिन भित्रै कुरा गर्नुहुनेछ’ प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अन्नपूर्णसंग भने ।
भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय बिदेश मन्त्रालयका अधिकारीहरुसंग आइतबार अपरान्ह भएको कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
‘भारतीयहरुले कहिलेबाट नेपालतर्फ पेट्रोलियम पदार्थ पठाउन शुरु हुन्छ भन्नेबारे यकिन बताएका छैनन् । तराईमा जारी आन्दोलन अन्त्य भएपछि समस्या समाधान हुन्छ भन्ने पुरानै कुरा दोहोर्याएका छन्’ एक उच्च सरकारी अधिकारीले अन्नपूर्णसंग भने ।
राजदूत उपाध्याय र भारतीय राजदूत रेले दिएका जानकारी हेर्दा नाकाबन्दी अझै केही दिन जारी रहने संकेत पाएको उनले बताए ।
उपाध्यायले प्रधानमन्त्री कोइराला र मोदीबीच कुराकानी गर्ने समय मिलाउने प्रयास गरिरहेको बताइएको छ । त्यस्तै कोइरालाले शुक्रबार भएको भेटमा काठमाडौस्थित भारतीय राजदूत रञ्जित रेलाई प्रधानमन्त्री मोदीसंग कुराकानीका लागि समय मिलाइदिन आग्रह गरेका थिए ।
नेपालको नयाँ संबिधान आफूले चाहेको जस्तो नबनेकोमा रुष्ट बनेको छिमेकी भारतले नेपालमाथि ११ दिन देखि नाकाबन्दी लादेको छ ।






