भारत १४ असोज । भारतको मुम्बईको एक अदालतले सन् २००६ मा रेलमा बम विस्फोट गरेको अभियोगमा ५ जनालाई दोषि ठहर गर्दै फाँसीको सजाय सुनाएको छ । अदालतले अरु ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । नौ वर्षअघि भएको विस्फोटमा १ सय ८८ जनाको ज्यान गएको थियो भने ८ सय जना घाइते भएका थिए ।
अभियोग लगाउने पक्षले १२ जना मध्ये ८ जना दोषिलाई फाँसी र ४ जनालाई जन्मकैदको सजायँ दिन माग गरेको थियो । तर अदालतका न्यायाधीशले बुधबार बिहान फैसल, एहतेशाम, कमल, नावेद खान र आसिफ खानलाई मृत्युदण्डको सजायँ सुनाएका हुन् ।बचाउ पक्षका कानुन व्यवसायीले भने फाँसीको सजायँ पुनरावलोकन गर्ने माग गर्दै उच्च अदालतमा जाने बताएका छन् ।
उनीहरुले मुम्बईको माटुङा र मिरारोडको बीचमा लगातार ७ पटक विस्फोट गराएका थिए । विस्फोटको छानविन गरेर मुम्बई पुलिसले अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा मुद्दा हालेको थियो ।






