लामो समयदेखि विवादमा रहेको बेलायत कांग्रेस अन्ततः एकीकृत भएर जाने संकेत देखीएको छ । विगत केही वर्षदेखि विवादमा रहेको जनसम्पर्क समिति बेलायतमा चेतनाथ खनाल र लोक गुरुङको सभापतित्वमा दुई छुट्टाछुट्टै समिति अस्तित्वमा थिए । दुवै समितिले आ–आफ्नो अधिवेशन गरी कार्यक्रम गर्दै आएका थिए ।
विवादको कारण अपेक्षाकृत रुपमा संगठनको विकास र गतिशील हुन नसक्दा आम बेलायतमा रहेका कांगे्रसजनहरुमा नैरास्यता छाएको थियो । एउटा देशमा दुईवटा संगठन हुन नसक्ने भन्दै कांगे्रस केन्द्रीय समितिको ध्यानाकर्षण भएको थियो ।
गत वर्ष नेपाली कांगे्रसका नेता डा. शेखर कोइरालाको बेलायत भ्रमणपछि बेलायतको कांगे्रस एकीकरणका लागि सबै जिम्मेवार पक्षहरुबाट पहल भएको थियो । त्यसैलाई निरन्तरता दिँदै ९ नोभेम्बर २०१४ मा चेतनाथ खनाल समूह र लोक गुरुङ समूहको पदाधिकारी तथा क्षेत्रीय सभापतिहरुको विशेष भेलाले नेपाली कांगे्रस केन्द्रीय विभाग सदस्य विज्ञान प्रसाईलाई एकीकरण गर्ने जिम्मेवारी दिइएको थियो । 
लामो औपचारिक तथा अनौपचारिक छलफल गरी दुवै दलका पदाधिकारी तथा जिम्मेवार साथीहरुको राय, सल्लाह र सुझावमा २६।०७।२०१५ मा ह्यारो मा सबै क्षेत्रीय सभापति, दुवै पक्षका पदाधिकारीहरुको भेलालले विज्ञान प्रसाईलाई एकीकृत समितिको संयोजक सर्वसम्मत गरी नेपाली कांगे्रस केन्द्रीय कार्यालयमा अनुमोदनको लागि पत्रचार गरिएको थियो ।
त्यसै पत्रचार अनुरुप नेपाली कांगे्रस केन्द्रीय कार्यालयबाट मिति असोज ११, २०७२ मा पे्रसित पत्रमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य तथा महासमिति सदस्य विज्ञान प्रसाईलाई नेपाली कांगे्रस बेलायतको कार्य समिति पूर्णता गरी अधिवेशन गर्न गराउन जनसम्पर्क समिति बेलायतको संयोजकको जिम्मेवारी तोकिएको जानकारी प्राप्त भएको छ ।
प्रसाईलाई लण्डन नेपाल न्यूज़ डट कम संगको टेलिफोन सम्पर्कमा आफूलाई दिएको जिम्मेवारी इमान्दारिताका साथ सबैलाई समेटेर छिटै समितिलाई पूर्णता दिने र समयमै अधिवेशन गराउने जानकारी दिनुभयो ।![12077128_10206100700809297_2109390680_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/12077128_10206100700809297_2109390680_n1.jpg)







![nepali-Congress-flag_20110409091641[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/nepali-Congress-flag_201104090916411.jpg)