अनिल खत्री गुल्मी असोज १२ । पुर्कोट दह गाविमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति भएको दुृर्घटनामा पुर्कोट दह गाविस वडा नम्बर ५ का ३३ बर्षिय केशरबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका जीप चालक बसन्त कुँवर गम्भीर घाइते भएको प्रहरी निरिक्षक हरि हमालले बताए । उनका अनुसार घाइते कुँवरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ ।
गुल्मीमा जीप दुर्घटनामा एकको मृत्यु






