‘ब्लड-मनी’ बुझाएमा अमर बमलाई मृत्युदण्ड नहुने

 काठमाण्डाै १२ असाेज । एक भारतीय नागरिकको हत्या अभियोगमा १२ बर्षदेखि संयुक्त अरब इमिरेट्स(युएइ)को दुबइस्थित कारगारमा थुनामा रहेका दार्चुलाका अमरबहादुर बमले मृतक व्यक्तिको परिवारलाई ‘ब्लड-मनी’ बुझाएमा मृत्युदण्डबाट छुट्कारा पाउन सक्ने एक बरिष्ठ युएइ अधिकारीले बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
    न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभाको साइडलाइनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसाग भेटवार्ता गर्दै युएइका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अल-नहृ्यनले ‘नेपाली नागरिक बमले ब्लड-मनी बुझाएपछि मात्रै आममाफी पाउन सक्ने’ जानकारी गराएका हुन् ।
न्यूयोर्कस्थित कान्तिपुर प्रतिनिधिले दिएको जानकारीमा दुबइ कारागारमा रहेका र मृत्युदण्ड तोकिएका ३८ बषिर्य बमका बारे जिज्ञासा राख्नासाथ युएइ विदेशमन्त्रीले ‘मृतक परिवारलाई ब्लड-मनी बुझाएको खबर आउनासाथ बमलाई जेलमुक्त गर्न कानूनी प्रकृया थाल्न सकिने’ आश्वासान दिएका थिए ।
दार्चुलाको धारी गाविस ३ का अमरबहादुर बम सन् २००२ को डिसेम्बर २३ मा भारत हुादै दुबइ गएका थिए । भारतीय मार्बल कम्पनीको मालिकले युएइमा राम्रो रोजीरोटी दिलाउने भनेर लगेकोमा दुबइ उत्रिएको एक महिनामैं उनी भारतीय नागरिक शरद सेठ्ठीको हत्या अभियोगमा पक्राउ परेका थिए ।
भारतीय दुइ ब्यापारीको निजी सवारी चालक रहेकै अवस्थामा बुर-दुबइस्थित एक इण्डियन क्लबमा भएको हत्या प्रकरणमा चालक बमसहित अरु तीनजना भारतीय जेल चलान भएका थिए । आफूले अरबी बोलचाल र लेखिएको कागजी भाषा समेत नबुझेकाले दुबइको प्रारम्भिक अदालतमा भारतीय नागरिकको हत्यामा संलग्न रहेको भन्दै बयान दिएको बमले बताउादै आएका थिए ।