
स्विस फोन कम्पनी रिब्टेलले भारतमा अनलिमिटेड फोन कलका लागि तयार पारेको एक स्किम प्रोमोसन भिडियोमा चार जना सुन्दर युवतीलाई नांगै डान्स गराएको छ ।
फोन स्किम प्रयोगका लागि ग्राहरुलाई आग्रह गर्दै सो कम्पनीले अमेरिकाको टाइम्स स्क्वायरमा चारजना सुन्दर महिलाको न्युड डान्स प्रदर्शन गराएको हो ।
ति युवतीहरुको नांगो शरिरमा पेन्टिङ मात्रै गरिएको छ । पेन्टिङ गरेर ब्रा र अन्डरवेयरको आकार निकालिएको छ । तर, डान्स गर्ने ति महिलाहरु पूर्ण रुपमा नांगै छन् ।
कम्पनीको सो स्किम प्रोमोसनका लागि ति महिलाहरु भारतीय चर्चित गीत ‘छम्मक छलो’ मा नाचेका छन् ।
साथै, उनीहरुले डान्सकै क्रममा रिब्टेलको लोगो डिस्प्ले गरिएको छ । र गीतमार्फत अन्त्यमा भनिएको छ, ‘गिभ्स यु समथिङ टु टक अवाउट इन्डिया अनलिमिटेड’ तर, महिलाहरुलाई नांगो बनाएर डान्स गराउनुमा सो कम्पनीको चर्को बिरोध हुन थालेको छ ।

फेमिनिस्ट तथा अरु सामाजिक अभियन्ताहरुले कम्पनीको यस्तो कामको बिरोध गर्दै सो भिडियोलाई ‘सेक्सिजम इन मार्केटिङ’ भनी आलोचना गरेका छन् । महिलाको नांगो शरिरलाई बजारको उत्पादन बिकाउने साधनको रुपमा तुलना गरिएको भन्दै सो भिडियोको चर्को बिरोध भएको हो ।
तर, रिब्टेल कम्पनीले भने महिलाहरुले नितम्ब सहित डान्स गरेको यो भिडियोलाई महिला स्वतन्त्रता र समानताको रुपमा ब्याख्या गरेको छ । हेर्नुहाेस भिडियाे :
https://youtu.be/aU6KLg9gmVY






