(एजेन्सी) स्विडिस तथा ग्रिक अभिनेत्री इल्ली अब्राहम अहिले बलिउडमा आफ्नो भाग्य खोज्दैछिन् । उनले हिन्दी चलचित्र उद्योग विदेशी कलाकारलाई सहजै स्विकार्ने उद्योग रहेको भन्दै यसको प्रशंशा गरेकी छिन् ।
उनले बलिउडको छवि अन्तर्राष्टिय जगतमा फरक र सकारात्मक रहेको भन्दै प्रशंशा गरेकी छिन् । उनले स्विडेनमा समेत बलिउडका थुप्रै फ्यानहरु रहेको बताइन् । त्यस्तै पुरान बलिउड गीतमा ग्रीक भाषालाई आत्मसात् गरिएको उनले बताएकी छिन् । इल्लीले यसअघि सन् २०१३ मा माइकी भाइरस चलचित्र मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उनले १० वर्षको अवधिमा बलिउडमा धेरै परिवर्तन भएको बताइन् ।
भन्छिन्, आज तपाईहरु बलिउडमा त्यस्ता धेरै अनुहार देख्न सक्नुहुन्छ जो भारतीय मूलका होइनन ।
१० वर्षअघि यस्तो थिएन । मलाई यो परिवर्तनले निकै खुसी लागेको छ । इल्ली अहिले प्रदर्शनमा आउने लागेको किस किस्को प्यारो करो नामक रोमान्टीक कमेडी चलचित्रमा कपिल शर्मासँगै गरेको अभिनयका कारण चर्चामा छिन् । उनले यसअघि बिग बोस ७, झलक दिख लाजा लगायतका शोमा सहभागिता जनाएकी थिइन् ।






