गुल्मीकी पत्रकार खड्कालाई शिक्षा पत्रकारीता पुरस्कार

Gaganकाठमाडौं– यस वर्षको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा पत्रकारीता पुरस्कार गुल्मीकी गगनशिला खड्काले पाउनुभएको छ । । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूलसमितिको बैठकले पुरस्कार छनौट गरेको हो । खड्काले गतवर्षको शिक्षा लेखनबृत्ति पाउनुभएको थियो ।
यस वर्षको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ भने कान्तिपुर दैनिकका जनक नेपाल (बाँके), कान्तिपुर टेलिभिजनका नारायण किलम्बू (भक्तपुर) र शिक्षक मासिकका बाबुराम विश्वकर्मा (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । ७५ हजार राशीको सो पुरस्कार ३ जना पत्रकारलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशीको ‘क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ पूर्वाञ्चलबाट जयकृष्ण यादव (गोरखापत्र दैनिक–सुनसरी) र छेटु शेर्पा (अन्नपूर्ण पोष्ट दैनिक–संखुवासभा), मध्यमाञ्चलबाट फणि महत (अन्नपूर्ण पोष्ट–रौतहट) र रामेश्वर कार्की (नागरिक दैनिक–धादिङ), उपत्यकाबाट कोकिला खड्का केसी (दि हिमालयन टाइम्स– काठमाडौं) र रोशन क्षेत्री गाउ“ले (एजुकेशन पेजेज– काठमाडौं), पश्चिमाञ्चलबाट गगनशीला खड्का (नयाँपत्रिका–गुल्मी) र शोभाखर पन्थी (दैनिकपत्र–अर्घाखाँची), मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल (नेपाल समाचारपत्र–रुकुम) र राजेन्द्र नाथ (कान्तिपुर दैनिक–बाँके) गरी ५ क्षेत्रलाई सुयक्तरूपमा प्रदान गरिनेछ भने सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाही (राजधानी दैनिक–बाजुरा) लाई प्रदान गर्ने निर्णय भएको छ ।
बैठकले उपत्यकासहित ६ क्षेत्रका २÷२ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान (नागरिक दैनिक–सप्तरी) र वैद्यनाथ यादव (सप्तरी जागरण साप्ताहिक–सप्तरी), मध्यमाञ्चलबाट राजकुमार गोले (नयाँपत्रिका दैनिक–काभ्रे), नरेन्द्र सापकोटा (गोरखापत्र दैनिक–मकवानपुर) र मन्दिरा थापा (नेपाल टेलिभिजन– दोलखा) लाई प्रदान गरिनेछ भने उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली (कारोबार दैनिक, काठमाडौं), पार्वता चौधरी (कान्तिपुर एफएम, ललितपुर) र सइन्द्र राई (हिमालखवर पत्रिका, काठमाडौं) लाई प्रदान गरिनेछ । त्यस्तै सयुक्तरूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइकेल (गोरखापत्र–लम्जुङ), कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही) र गोपीराम ज्ञवाली (गोरखापत्र–नवलपरासी), मध्यपश्चिमबाट अर्जुन ओली (नागरिक दैनिक–बाँके) र हेमन्त केसी (रासस–जाजरकोट) लाई प्रदान गरिएको छ भने सुदूरपश्चिमबाट मोहन विष्ट (रासस–कञ्चनपुर) र रामबहादुर कुँवर (नागरिक दैनिक–अछाम) प्रदान गर्ने भएको छ ।
त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ तर्फ पुर्वाञ्चलबाट गणतन्त्र एफएम ९५.१ मेघाहर्ज (सुनसरी) मध्यमाञ्चल– रेडियो सिन्धुलीगढी ९२ मेघाहर्ज (सिन्धुली), उपत्यका– मेरो एफएम ९३.५ (काठमाडौं), पश्चिमाञ्चल– रेडियो शालिग्राम १००.६ मेघाहर्ज (पर्वत), मध्यपश्चिमाञ्चल– थारुभाषी एफएम गुर्वावा (बर्दिया) र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम १०१ मेघाहर्ज (कैलाली) र नयाँ नेपाल १०४.५ मेघाहर्ज (दार्चुला) लाई प्रदान गरिएको छ । रु. २००००।– राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो ।
यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४००००।– राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक (काठमाडौं) र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजन (रुपन्देही) लाई प्रदान गरिएको छ ।
महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।