बिहुंकोट युकेमा १४ सदस्यिय कार्य समिति चयन

लेस्टर,युके
बिहुंकोट हेल्प नेट्वर्क युके को प्रथम साधारण सभा आइतवार लेस्टर शहरमा सम्पन्न भएको छ । सभाले दयानिधी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दयानिधी सापकोटा को सभापतित्व , साझा नेपाली समाज युके का अध्यक्ष राजु कंडेल को प्रमुख आतिथ्य तथा गंगा प्रसाद कंडेल बाट संचालन गरिएको उक्त कार्यक्रम मा करीब १०० जना को उपस्थिती रहेको थियो । 12041722_10207476447339649_546978595_n-700x467[1]

उक्त कार्यक्रम मा उपस्थित संपुर्ण साधारण सदस्य तथा अतिथि हरु लाई संस्था को तर्फ बाट प्रेम प्रसाद कंडेल ले स्वागत मन्तब्य दिनु भएको थियो भने शिव प्रसाद कंडेल ले आर्थिक प्रतिबेदन शेखर कंडेल ले मन्तब्य तथा नारायण दत्त कंडेल ले बिधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो । साधारण सभा बाट सर्बसम्मत पारित बिहुंकोट हेल्प नेट्वोर्क को बिधान २०७२ सोहि मिति देखि कार्यन्वन मा ल्याइएको छ । उक्त भेला ले संस्था को साङठनिक् स्वरुप, अर्थ संकलन, कार्यक्षेत्र विस्तार, समान उदेस्य भएका अन्य संघ संस्था सँगको समन्वय तथा भाबि कार्यक्रमका बारेमा महत्वपुर्ण निर्णय गरेको छ ।12033844_10207476447099643_315139943_n[1]

भेला ले आगामी २ बर्ष को कार्यकाल का लागि दयानिधि सापकोटा को अध्यक्षता मा १४ सदस्यिय कार्य समिति सर्बसम्मति बाट चयन गरेको छ जस अन्तर्गत उपाध्यक्ष मा प्रेम प्रसाद कंडेल , महासचिब मा गंगा प्रसाद कंडेल , कोषाध्यक्ष मा शिव प्रसाद कंडेल सचिब मा केशब कंडेल तथा सदस्यहरु मा भिम प्रसाद निउरे , गंगाधर कंडेल , जयराम कंडेल , राम प्रसाद कंडेल , जुना सापकोटा , नारायण प्रसाद कंडेल , देविप्रसाद निउरे , पूजा निउरे , गीता कंडेल र सल्लाहकार मा शेखर कंडेल तथा कानुनि सल्लाहकार मा नारायण दत्त कंडेल रहनु भएको छ ।

नबनिर्बाचित अध्यक्ष दयानिधि सापकोटा ले यस संस्था लाइ युके मात्र सिमित नराखी बिस्वव्यपिकरण गराउने पहल भैरहेको बताउनु भएको छ भने महासचिब गंगा प्रसाद कंडेल ले बिदेशी प्रबिधी लाई सामाजिक बिकास मा लगाउन यि संस्था हरु को प्रमुख भूमिका हुनु पर्ने मा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रम मा प्रमुख अतिथी राजु कंडेल ले शुभकामना मन्तब्य को क्रममा नब निर्बाचित पदाधिकारी लाई बधाई दिदै आफु पनि यस संस्था मा आबद्ध हुन चाहेको घोषणा गरेपछि कार्यक्रम ले छुट्टै रौनकता पाएको थियो । यसै गरि बिशिष्ठ अतिथी बिष्णु चालिसे ले संस्था को उन्नति र प्रगति को कामना गर्दै बिहुंकोट आफ्नो गाउँको लागि मात्र नभई गल्कोट को विकास का लागि समेत् पुल को भूमिका खेल्नु पर्ने मा जोड दिनुभएको थियो । 12049040_10204995833324386_980178211_n[1]

अतिथी पुष्प उप्रेती तथा उक्त कार्यक्रम लाइ प्राबिधिक सहयोग पुर्याउनु हुने सुरेश पौडेल लाइ सम्मान गरिएको थियो । गत बर्ष गठित तदर्थ समिती द्वारा प्रस्तुत उक्त संस्था को बिधान नेपाल को संबिधान २०७२ जारी गर्ने दीन को अवसर पारी प्रस्तुत तथा सर्बसम्मत पारित गरिएको खुसियाली मा दीप प्रज्ज्वलन गरिएको छ ।12030665_10204995833244384_351591112_n[1]