लण्डनमा अक्टोवर २४ मा आउँदै ‘वडा नम्बर ६’ भिडीयो हेर्नुहोस :

लण्डन ६ असोज । टेलिचलचित्र ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ तथा ‘मेरी बास्सै’ का कलाकारहरुले निर्माण गरेको नयाँ चलचित्र ‘वडा नम्बर ६’ आगामी अक्टोवर २४ मा बेलायतको राजधानीमा चलचित्र प्रदर्शन हुने भएको छ ।

woda number 6
निर्माता दीपकराज गिरी, निर्मल शर्मा तथा दीपाश्री निरौलाले अर्को चलचित्र ‘वडा नम्बर ६’ निर्माण गरेका छन् जुन चलचित्र अक्टोवर २४ मा बेलायतको अल्ट्रार्सटमा प्रदर्शन हुने  संयोजक  विरेन्द्र खड्का  तथा अनिल मल्लले  लण्डन नेपाल न्यूज संगको कुराकानी मा जानकारी दिए ।

woda number6जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, कुञ्जना घिमिरे ‘सुन्तु’, आदि पनि निर्माता रहेको यो चलचित्रमा यसपटक पनि दर्शकहरूलाई हँसाउने प्रयास गरिएको छ । चलचित्र ‘वडा नम्बर ६’ मा निर्माताहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेका साथमा सीताराम कट्टेलले दर्शकहरूलाई पर्याप्त हँसाउने छन् । उनीहरूलाई अभिनेता दयाहाङ राई तथा प्रियंका कार्कीले साथ दिएका छन् ।

चलचित्रमा विल्सनविक्रम राई, सन्दीप क्षेत्री, दीपाश्री निरौला पनि छन् । यो हास्य प्रधान चलचित्रमा फरक–फरक पृष्ठभूमिका लफंगा जीवन बिताइरहेका युवाहरू एउटा विशेष उद्देश्यका लागि एक हुन्छन् । उनीहरूले उक्त उद्देश्य प्राप्तिका क्रममा गरेका क्रियाकलापले दर्शकहरूलाई निकै मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ । चलचित्रका दुई गीत ‘वाहियात लभस्टोरी’ र ‘सुर्के थैली’ लोकप्रिय भैसकेका छन् ।