जनार्दन घिमिरे
गुल्मी, ५ असोज । गुल्मीका एक व्यक्तिले सरकारी गुल्मी, ५ असोज । गुल्मीका एक व्यक्तिले सरकारी कार्यालयलाई नौं लाख मूल्य वरावरको तीन रोपनी जग्गा निशुल्क उपलव्ध गराएका छन् । रेसुङ्गा नगरपालीका ४ निवासी २६ वर्षीय युवा धनिश्वर गौतमले मंगलवार मालपोत कार्यालय पुगेर उक्त तीन रोपनी जग्गा तम्घास सिमलटारी प्यूठान सडक आयोजनाको नाममा पास दिएका हुन् ।
सदरमुकाम तम्घासमा गत चारवर्षदेखि डिएनडी ईन्जीनियरीङ्ग कन्सल्टेन्सी संचालन गर्दै आएका निर्माण व्यवसायी गौतमले गत दुई महिना अघि आफैले किनेको ६ रोपनी जग्गावाट ३ रोपनि उक्त आयोजनालाई दिएका हुन् । समाजमा धन हुनेहरु थुप्रै भेटिन्छन तर धन भएर पनि मन ठूलो हुनेहरुको संख्या भने अत्यन्तै न्यून छ तर गौतमलले आफुुसँग भएको थोरै सम्पत्तिवाट केही कटौटी गरेर सहयोग गर्ने प्रतिवद्धता गरेकोमा धेरैले सह्राना गरेका छन् ।
उनले आफुले दिएको जग्गाको लालपुर्जा तम्घास – सिमलटारी – प्यूठान सडक आयोजनाका निमित्त आयोजना प्रमुख विष्णुप्रसाद पाण्डेलाई कार्यालयमा हस्तान्तरण गरेका हुन् । उक्त जग्गा भविष्यमा सडकको क्याम्प राख्नकालागि उपयुक्त हुने निमित्त प्रमुख पाण्डेले वताए । गत दुई महिना अघि पनि उक्त परियोजनालाई रेसुङ्गा नगरपालीका २ निवासी मन वहादुर थापाले एक रोपनी जग्गा निशुल्क रुपमा उपलव्ध गराएका थिए ।






