काठमाडौं – संविधान जारी भएको केही घण्टा नवित्दै भारतीयपक्षले संविधानको स्वामीत्वमाथि प्रश्न उठाएको छ । भारतीय विदेस मन्त्रालयले आइतवार साँझ जारी गरेको विज्ञप्तीमा तराईमा भएका हिंसात्मक घटनावारे चिन्ता व्यक्त गरिएको छ ।
नेपालको संविधान निर्माणमा भारतको असन्तुष्टी रहेको समाचार आईरहेका बेला यस्तो विवादित विज्ञप्ती आएको हो । विज्ञप्तीमा विवादित विषयहरु हिंसारहित वातवरणमा संवादसहित सर्वस्वकीर्य स्वामित्वमा हुनुपर्ने भारतको भनाई छ । संविधान निर्माण प्रक्रियादेखि जारी तराई मधेशको आन्दोलनतर्फ संकेत गर्दे विज्ञप्तीमा सीमा नजिक भएका यस्ता घटनाले आफुहरुलाई चिन्तित बनाएको उल्लेख गरिएको छ ।
‘नेपालको संविधान निर्माण प्रक्रियामा भारतले सदैव संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको पक्षमा समर्थन गर्दैआएको छ । आज हुने संविधान घोषणालाई हामीले विचार गरेका छौं । नेपालको अवस्थाबारे जारी विज्ञप्तीमा भनिएको छ, ‘भारतको सीमा नजिकका विभिन्न जिल्लाहरुमा भएका हिंशात्मक घटनाहरुप्रति हामी चिन्तित छौंं ।
काठमाण्डौस्थित हाम्रा राजदूतले यस सम्बन्धमा नेपालका प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको थियो । हामी अनुरोध गर्न चाहन्छौं कि विवादित विषयहरु हिंशारहित स्वतन्त्र वातावरणमा संवादसहित सर्वस्वीकार्य स्वामीत्वमा संस्थागत हुनुपर्दछ । यसले मात्र नेपालको एकता, समृद्धि र विकास सुनिश्चित हुनेछ । भारतीय प्रधानमन्त्रीका विषेश दूतका रुपमा नेपाल आएका विदेश सचिव एस जयशंकर दिल्ली फर्केका अर्को दिन दूतावासको यस्तो विज्ञप्ती आएको हो ।







