‘टिन स्टार नेपाल–२०१५’

मर्निङ ग्लोरीले आयोजना गरेको ‘टिन स्टार नेपाल–२०१५’को कुमारीपाटी ‘आइला लञ्च’मा पहिलो अडिसनसँगै फोटोसुट पनि सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनाललेका अनुसार चर्चित आरजे, मोडल तथा कोरियाग्राफर कला सुब्बाले गर्ने कोरियोग्रफी प्रतियोगीताका लागि कक्षा ७ देखि १२ सम्मका किशोरकिशोरीले भाग लिएका छन् ।
प्रतियोगीतामा मुख्य टाइटलहरु विनर ‘टिन स्टार नेपाल–२०१५’, फस्ट रनरअप, सेकेन्ट रनरअप र थर्ड रनरअपका साथै सब–टाइटलमा बेस्ट फोटोजेनिक, बेस्ट डिसिप्लेन, बेस्ट ड्रेस, मोस्ट एक्टिभ, बेस्ट हेयर, मोस्ट फ्रेन्डली, बेस्ट स्माइल, मोस्ट कन्फिडेन्ट, मोस्ट चार्मिङ लगायत विधामा ट्रफी दिइने आयोजकले बताएको छ ।