लण्डनमा नेवारी भेला सम्पन्न (फोटो फिचरसहित)

लण्डन, १४ भदौ । बेलायतस्थित नेवारहरुको प्रत्येक दुइ बर्षमा हुने बृहत भेला सम्पन्न भएको छ । पासा पुचः गुठि, युकेका अध्यक्ष महन्त बहादुर श्रेष्ठको अध्यक्षता एबम  बेलायतस्थित कार्यबाहक नेपाली राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा बर्गफिल्ड कम्युनिटी हलमा आयोजित सो कार्यक्रममा स्थानीय साम्सद आलोक शर्मा, मेयर, रिडीङ्ग ब्ररो काउन्सिलका चेयरमेन, बिश्व नेवा: संगठनका अध्यक्ष डा. बालगोपाल श्रेष्ठ, स्थानीय बिभिन्न नेपाली संघ- संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

1

करिब सात सय भन्दा बढी बेलायतभरीका नेवारहरुको उपस्थिति रहेको सो कार्यक्रको शुरु नेपाली तथा बेलायतका राष्ट्रिय गीतबाट गरिएको थियो । चौथो  मुना आयोजक संयोजक सुदर्शन श्रेष्ठले सहभागीहरुमा स्वागत मन्तब्य राख्नु भएको सो भेलामा प्रमुख अतिथि क्षेत्रीले आज सहभागी अधिकांशले नेवारी तथा नेपाली परम्परागत पोशाक लगाउनु भएको देखेर गौरवानुभूति भएको कुरा बताउदै नेवारहरुको संस्कृति नेपालको सम्पदा हो भन्नुभयो । त्यसैगरी मेयर साराह हाकरले बेलायतको सामजिक बिबिधतामा नेपालीहरु एउटा महत्वपूर्ण अंग भएको बताइन । त्यसैगरी वेष्ट बर्क्सायर काउन्सिलका चेयरम्यान काउन्सिलर पिटर अर्गीलेले नेपालीहरुको सांस्कृतिक चिनारी बेलायतमा बेग्लै स्थान रहेको बताएका थिए । बेलायतस्थित संघ-संस्थाहरुको तर्फबाट  क्षेत्री समाजका प्रतिमा के.सी. ले नेपालमा नेवारहरुको सांस्कृतिक महत्वलाई उजागर गर्दै नेवारको संस्कृति सम्पूर्ण नेपालीका लागि गौरवको कुरा हो भनि बताउनु भयो ।

2

कार्यक्रमको बिचमा बेलायतस्थित नेवा: समुदायबाट शैक्षिक, कलाकारिता,पत्रकारिता,खेल,ब्याबसायिक तथा बिबिध क्षेत्रहरुमा सफलता हासिल गरेका प्रतिभाहरुलाई सम्मान तथा पदक वितरण गरिएको सो कार्यक्रमका संचालन यादव श्रेष्ठले गर्नु भएको थियो । बीच-बिचमा नेवार तथा नेपाली सांस्कृतिक कार्यक्रमहरु लाखे, भैरब नृत्य, मन्जुश्री नृत्य, ख्याक, लगायतका नृत्य तथा नेवा: गीतहरु गाइएको थियो । सोहि कार्यक्रमको लागि भनि नेपालबाट आउनु भएका लोकप्रिय गायक बिबेक श्रेष्ठले लोकप्रिय नेपाली राष्ट्रिय गीत तथा आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरंजन दिलाउनुका साथै नचाएका समेत थिए ।  सो कार्यक्रमको संचालन निर्जा गुरुङ श्रेष्ठले गरेका थिए ।

3
>> कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेको नेवार समुदायका सांस्कृतिक पक्षलाइ उजागर गर्ने बिभिन्न पोशाक तथा बस्तुहरुको प्रदर्शनी समेत गरिएको थियो । स्कटल्याण्ड, वेल्स, ननिङ्गटन , लन्डन, प्लमस्टिड, अल्डरसट लगायत बिभिन्न स्थानबाट करिब ६ सय भन्दा बढी नेवार तथा अन्य समुदायका व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रम साँझ ९ बजे समाप्त भएको कुरा पासा पुचः गुथी युकेका महासचिब शिवजी श्रेष्ठले बताउनु भयो ।