चिसो बढेसँगै मनाङका उच्च भागहरुमा हिमपात सुरु भएको छ । शनिबार दिउँसोबाट सुरु भएको हिमपातका कारण तापक्रम घटेपछि बृद्धबृद्धा, बालबालिका र पशु–चौपाया प्रभावित बनेका छन् । मनाङबासीहरु जाडो छल्न तल्लो भेगमा सर्न थालेका छन् । माथिल्लो भेगका विद्यालयहरुपनि चिसोका कारण बन्द गरिएका छन् । मनाङमा आश्विन २७ पछि शनिबार दिउँसोबाट हिमपात भएको हो ।
मनाङमा हिमपात






