आर्सनल र लिभरपुल बीचको खेल बराबरीमा

लण्डन, ८ भदौ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा आर्सनल र लिभरपुलले गोलरहीत बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको खेलमा दुबै टोलीले केही राम्रा अवसर बनाए पनि गोल गर्न नसकेपछि १-१ अंक बाँडेका छन् । यो बराबरीपछि आर्सनल लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ । सुरुवाती तीन खेलबाट उसको ४ अंक भएको छ । तीन खेलमा शत प्रतिशत विजयी नतिजा निकालेको म्यान्चेस्टर सिटी ९ अंकको साथ शीर्ष स्थानमा छ भने समान ७-७ अंक जोडेका लेष्टर सिटी, लिभरपुल र म्यान्चेस्टर युनाईटेड दोस्रोदेखि चौथो स्थानमा छन् ।