देश होस या बिदेश जहातही ज्योति मगरकै माग छ:प्रकाश कटुवाल (भिडियो अन्तर्वार्ता)

पछिल्लो समयमा नेपाली गित संगितको क्षेत्रमा गायक प्रकाश कटुवालले गाएको ढाडे विरालो बोलको गित निकै चर्चाको चुलीमा छ ।गायक प्रकाश कटुवालले अघिल्लो बर्ष पिठ्युमा कनाईदेउ र अहिले ढाडे बिरालो बोलका केही अश्लीलाता झल्किने गीत बजारमा ल्याकाछन ।

उनका शब्द र गीतको भिडियोमा जसरी कलाकारलाई प्रस्तुत गरिएको छ सो अनुसार थुप्रै नकारात्मक चर्चाहरु एतिबेला भईरहेकोछ । अहिलेको उनको गीत चोरी खान पल्केको यो ढाडे बिरालोको शब्द र तेस्मा ज्योति मगरले गरेको पहिरनले निक्कै चर्चा बटुलिरहेकोछ ।

कतिपयले त सो गीतलाई बन्देज गरी सामाजिक बिक्रिती भित्रनबाट बचाउनको लागि समेत गर्नुपर्ने माग गरेकाछन । उत्तेजक अंगप्रदर्शन गरेर रत्यौली गीत गाएर, नाचेर निश्चित ठाउमा देखाउने गीतलाई पवित्र तीज चाडको बदनाम गराउने गरेको समेत कतिपयले सामाजिक सन्जालमा प्रस्तुत गरेकाछन ।सो गितमा ज्योति मगरको भल्गर सिनको विषयलाई लिएर उत्तीकै बिरोधाभाष भईरहेको छ ।

हिन्दुहरुको महान चाड तीजको उक्त गितमा समावेश भएको शब्दहरु प्रति पनि केही दर्शक तथा शुभचिन्तकहरुको पनि बिरोध आइरहेको बेला गायक प्रकाश कटुवालले भने ढाडे विरालो बोलको उक्त गितका लागि आएको प्रतिक्रयालाई यसरी खण्डन गरेका छन् ।