मुम्बई, १९ साउन । भारतीय सहर मुम्बइमा गएराति घर भत्किदा कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । भारतको सो सहरमा यसै हप्तामात्र घर भत्किएर भएको यो दोस्रो घटना हो । मुम्बइ भारतको आर्थिक राजधानी मानिन्छ । गएराति तीन तले सो भवन भत्किएको बताइएको छ । त्यसमा परेर ११ जनाको ज्यान गएको छ भने कोही जिवीतै छ कि भनेर उद्वारकर्मीहरुले खोजी अभियान जारी नै राखेका छन् ।
गएराति सो घर परिवारका सदस्यहरु सुतिरहेको समयमा घर भत्किएको थियो । छिमेकीले उक्त घरमा अरुपनि परिवारका सदस्य रहेको आसङ्कामा खोजी अभियान जारी राखेका बताएका छन् । राष्ट्रिय विपद व्यवस्थापन निकायका एकजना अधिकारी आलोक अवस्थीले भने– उक्त घरको भग्नावशेषबाट ११ शव तथा सात जनालाई भने जिवीतै निकालिएको छ । उनकाअनुसार उक्त भग्नावशेषमा अझैपनि एकजना पुरिएर रहेका छन् । परिवारका एकजना सदस्य हराइरहेकोले पुरिएर रहेको आसङ्कामा खोजी गरिएको उद्वार अधिकारीहरुले जनाएका छन् । मुम्बइको थान नगरको नौपदा क्षेत्रमा रहेको सो घर भत्किएको हो । स्थानीय समयाअनुसार राति २ बजे सो घर भत्किएको हो ।
मुम्बइमा घर भत्किदा ११ को मृत्यु






