इटलिबाट हेम्शाएरको लागी उडेको निजि बिमान ब्ल्याकबुस विमान स्थल नजिक दुर्घटना भएको छ। अवतरण गर्ने क्रममा कार अक्सन माथी भएको उक्त दुर्घटनामा चलाक सहित अन्य तीन को मृत्यु भएको छ। जहाज अवतरणका क्रममा विमानस्थलमै कारमा बजारिन पुगेपछि दुर्घटनाग्रस्त हुँदा लादेनकी सौतेनी आमा र दिदी पनि मारिए ।
इम्ब्राएर फेनम ३०० नामक सो बिमान साउदीमा रहेका बिन लादेनको परिवरको रहेको सूचना प्राप्त भएको छ। उक्त दुर्घटनापछी युकेका लागि साउदीका राजदूत राजकुमार मोहम्मद बिन नवाफ अल साउदले टुइटर मार्फत बिन लादेनको परिवारप्रती समबेदना प्रकट गरेका छन् र सम्बन्धित निकायसंग सहकार्य गरि जति सक्दो छिटो मृतकको शरीर अन्त्येष्टिको लागि साउदी लैजाने तयारी भैरहेको बताएका छन्।
सुरक्षा एजेन्सीले कुनै पनि प्रकारको आतंकवादी गतिविधिको भने खण्डन गरेको छ । विमानले आफ्नो नियन्त्रण गुमाएपछि ३ हजार फिट प्रति मिनेटका दरले आकाशबाट जमिनमा झरेको थियो । जमिनमा झर्नेवित्तिकै कारसँग ठोकिएर जहाज ध्वस्त भयो ।







