धर्म निरपेक्षता हटाउने सहमति

Visiting Deputy China International Trade Representative (Vice Minister Level) Zhang Xiangchen during a meeting with the Prime Minister Sushil Koirala on Friday at PM's Official Residence, Baluwatar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौं, १३ साउन । नयाँ संविधानमा ‘धर्म निरपेक्षता’ हटाएर ‘धार्मिक स्वतन्त्रता’ राख्न चार दलका शीर्ष नेता सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा यस्तो सहमति भएको हो । चार दलले यसबारे असन्तुष्ट दलसँग पनि बुधबार छलफल गरेर अन्तिम किनारा लगाउने भएका छन् ।
नयाँ संविधानको प्रारम्भिक मस्यौदा जनतामा लैजाँदा अधिकांशले धर्म निरपेक्षता हटाउन सुझाव दिएका थिए । धर्म र नागरिकताका विषयमा जनताबाट आएका सुझाव समेटेर जाने सहमति भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताए । नेताहरू धर्म निरपेक्षता हटाएर त्यसको व्याख्यासहित धार्मिक स्वतन्त्रता उल्लेख गर्न सहमत भएका हुन्।
त्यसैगरी सम्भव भएसम्म प्रदेशको नामकरण गरेर संविधान जारी गर्ने र त्यसो हुन नसके चार दलबीच यसअघि भएको १६ बुँदे सहमतिअनुसार नै संविधान जारी गर्नेबारेमा पनि शीर्ष नेताबीच छलफल भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्भव भएसम्म सीमांकनसहितको संविधान जारी गर्ने सहमति भएको जानकारी दिए।