लण्डन । नेपालका भूकम्प पीडित बालबालिकाका लागि लण्डनमा च्यारिटी डिनर कार्यक्रम आयोजना हुने भएको छ । यूकेको सररेस्थित हेल्पिङ ह्याण्ड फर चिल्डे«न नामक संस्थाले च्याटिरी डिनरको आयोजना गर्ने भएको हो ।
अगस्ट ८ तारिक वोकिङको कोबेक क्लबमा हुने उक्त च्यारिटी कार्यक्रममा भूकम्प पीडित बालबालिकालाई भोकमरीबाट बचाउन उचित खानपानको व्यवस्था गरिने भएको छ ।
बालबालिकाको लागि पोषण नाम दिएको उक्त कार्यक्रममा साँझ ७ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन गरिने आयोजकले बताएका छन् । आयोजकका अनुसार प्रतिव्यक्ति १ पाउण्ड टिकटदर तोकिएको छ । संकलित रकम बालबालिकाको हितमा प्रयोग गरिने छ ।







