बृटिश गोर्खा नागरिकता निरन्तरता अभियान सिएनसिबिजिले वृहत छलफल गर्दै सम्पन्न गर्र्यो बार्षिक साधारण सभा

लन्डन । गत शनिबार, २०२६, मे ३० तारिख बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (सिएनसिबिजि) ले अध्यक्ष थर्क रानाको सभापतित्व तथा  नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष मे.(रि) योगेश राईको प्रमुख आतिथ्यमा अल्डरसटको एम्पायार हलमा, संस्थाको वार्षिक साधारण सभा भब्य अनि सभ्य रुपमा सम्पन्न गरेको छ।

अध्यक्ष राना र प्रमुख आतिथि राइज्यूले पानसमा दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रम संस्थाका महासचिव भक्त रानाज्यूले संचालन गर्नुभएको  थियो।कार्यक्रममा उपाध्यक्ष शोभराज गुरुङज्यूले स्वागत मन्तव्य राख्नु भएपछि कोषाध्यक्ष याम थापाज्यूले गत वर्षको वार्षिक साधारण सभाबाट अहिलेसम्म कुन कुन शीर्षक र श्रोतबाट के कति रकम प्राप्त भयो र कुन कुन शीर्षकमा के कति रकम खर्च भयो साथै अहिले संस्थासँग के कति रकम बाँकी छ भन्ने पारदर्शीताकासाथ सम्पूर्ण आर्थिक विवरण प्रष्टसँग प्रस्तुत गर्नुभएको थियो।

त्यसपछि उपाध्यक्ष दल बहादुर बुढाथोकीज्यूले सिएनसिबिजीको अवधारणा, मार्गचित्र (रोडम्याप) तथा संविधान संशोधनको लागि पठाएको सुझावबारे स्पष्ट पार्नुभए लगत्तै भएको लन्च ब्रेक पछि वेबहोस्ट श्री इस्ट गुरुङ्जिले  संस्थाको वेबसाईटको बारेमा  प्रकाश पार्नु भएको थियो।

त्यस्तैगरि-  उपाध्यक्ष शोभराज गुरुङज्यूले प्रस्तुत गर्नुभएको संस्थाको विधान संशोधन उपर वृहत छलफल गरी बहुमत सदस्य संख्याद्वारा पारित गर्ना साथै सुरुभएको ग्रुप छलफल र प्रश्न उत्तर लिने दिने क्रममा आफ्ना जिज्ञासा तथा सुझाव हरु राख्ने हरुमा श्री दिल गुरुङ्ग,श्री मनोज पुन, श्री देभ कुमार गुरुङ श्री दिर्ग गुरुङ श्री मोहन गुरुङ्ग र श्री कृश्न राई हुनुहुन्थ्यो।

अध्यक्ष रानाज्यूले हालै उहाँ नेपाल भ्रमणमा हुनु भएको बेला नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौड्यालज्यू, पूर्व गृह मन्त्री माननीय सुदन गुरुङज्यू, विभिन्न पार्टीका अध्यक्ष तथा संघीय सांसदहरूसँग भेट गरी गोर्खा र तिनका सन्तानहरूका नागरिकता निरन्तरताको बारेमा सिएनसिबिजिको तर्फबाट राख्नुभएको विषयमा प्रष्ट पार्दै भविष्यमा ती कुराहरूलाई कसरी बढाईंदैछ भन्ने कुराको विस्तृतमा जानकारी गराउनु भयो।

त्यसपछि विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूबाट सिएनसिबिजिलाई आ-आफ्नो सल्लाह, सुझाव र शुभकामना दिनुहुभएको थियो। शुभकामना र सल्लाह दिनुहुनेमा सिएनसिबिजिका सल्लाहकार भागवान चामलिङ, नेफिन यूकेका पूर्व अध्यक्ष,सल्लाहकार  तुल छन्त्याल, नारदमणी गुरुङ, सन्धोश गुरुङ, प्रमूख अतिथि मे.रि योगेश राईज्यु  हुनुहुन्थ्यो। उहाँहरू प्रायजसो सबैले सिएनसिबिजि को संयोजकत्वमा नेपाल सरकारसँग वार्ता गर्न सम्पूर्ण गोर्खा संस्थाहरू समेटि तत्काल एक उच्चस्तरीय प्रतिनिधि मन्डल( डेलिगेशन) गठन गर्न पहल गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

अन्त्यमा अध्यक्ष रानाले  सबैको जिज्ञासा प्रती उत्तर दिएर आफ्नो भनाई राखि   संपूर्णलाई सहयोग र उपस्थितिको लागि धन्यबाद ब्याक्त गर्दै सभा समापन गर्नु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *