पर्वत समाज यूकेले गर्र्यो पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ च्यारिटी

लन्डन । पर्वत समाज यूकेले नेपाली नयां वर्ष २०८३ को अवसरमा शनिबार च्यारिटी डिनर कार्यक्रम गरेको छ।

पर्वतेली गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ अप्रिल ४ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर भएको हो ।

समाजका अध्यक्ष सुरज पौडेल सभापतित्वमा भएको कार्यक्रममा
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथीका रुपमा सहभागी थिए ।कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, कलाकार, मिडियाकर्मी र कार्यसमिति सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो ।

सुस्मिता थापाले संचालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सन्जयध्वज भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कार्यवाहक राजदूत विपिन दुवाडीले गरिब जेहेन्दार विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गर्ने संस्थाको पहलकदमी सरहानीय रहेको बताए ।

एनआरएनए आइसीसी पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार कुल आचार्य,समाजका संस्थापक अध्यक्ष हितकाजी गुरुङ, समाजका पूर्व अध्यक्ष पुरन गिरी,ग्लोबल पर्वत समाजका अध्यक्ष दधी आचार्यले नेपाली नयां वर्षको शुभकामना दिंदै पर्वतका गरिव जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने समाजको कार्य निकै सरहानीय भएको बताए ।

अध्यक्ष सुरज पौडेलले नयां वर्षको शुभकामना दिंदै विदेशमा रहेपनि आफूहरुको मन, भावना, आत्मा जन्मभूमि पर्वत जिल्लाप्रति जोडिएको बताए । उनले सबै सहयोगदाता, प्रमुख अतिथी, अतिथीहरु, कलाकार, मिडियाकर्मीप्रति कृतज्ञता समेत व्यक्त गरे ।

कार्यक्रममा समाजले विभिन्न व्यक्तित्वहरुलाई उनीहरुको योगदानका लागि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कार्यवाहक राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष सुरज पौडेल, श्रीमति एलिसा सुवेदी लगायतले सम्मान प्रदान गरेका थिए । पर्वत समाजका नवनियुक्त अध्यक्ष दधी आचार्य र उपाध्यक्ष श्रीमति ढाका भट्टराई, युरोप संयोजक श्रीमति अप्सरा लामिछाने गुरुङ, पर्वतेली सफल व्यवसायी पुरन गिरी, हितकाजी गुरुङ, सल्लाहकारहरु क्या. रि. लालबहादुर गुरुङ, मेजर 
रि. कृष्ण गुरुङ, जुमकाजी गुरुङ, नेत्र आले, ज्ञाम गुरुङ, कुसुम गुरुङ एवं डा. विशाल गुरुङ सम्मानित भए ।

शैक्षिक सफलता प्राप्त गर्ने सलु थापा, स्थानीय कलाकार सुश्री कृतिका आचार्य तथा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु कृष्ण सुवेदी, सोनी कुंवर र निरा थापा मगरलाई समेत सम्मान गरियो । कार्यक्रममा कृतिकाले नृत्य र नेपालबाट आएका कलाकारहरुले लोकगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आकर्षक पुरस्कार ‘डायमण्ड फुली सहितको भाग्योदय चिठ्ठा (राफल ड्र) पनि खेलाइएको थियो । राफल ड्रको पहिलो पुरस्कार अमिका क्षेत्रीले प्रप्त गरेकी हुन् ।

सन् २००२ मा स्थापित पर्वत समाज यूके बेलायतको च्यारिटी कमिसनमा दर्ता छ । बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यसअघि पनि च्यारिटी डिनर गरि पर्वतका विभिन्न गाउंपालिकास्थित करिब एकहजार गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *