लण्डन ! केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने मगर रुपन्देहीका दिपक माइथाने थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ।
रुपन्देहीको कञ्चन ४ रुद्रपुर दियो बजारमा स्थायी घर भई हाल रोजगारको सिलसिलामा युकेमा रहनु भएका माइथाने मगर युवा संघ, युकेको चौथो अधिबेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको हो।
सन २०१६ मा स्थापना भएको मगर युवा संघ युकेको स्थापनका लागि मगर संघ युकेका पूर्व अध्यक्षहरु नेम थापा मगर र लाल पुन मगरको ठुलो भुमिका रहेको थियो ।
गुल्मीको पुर्तिघाटमा जन्मिनु भएका माइथाने सन २००९ सालमा युके पुग्नु भएको थियो । नेपाली गीत संगीत पारखी रहेका दीपक थापा माइथानले केन्द्रिय मगर संघ युथ यु.के.को उपाध्यक्ष, यती नेपाली एसोसियसन यु.के., गुल्मी जिल्ला समाज यु.के., प्रतिभा नक्षेत्र यु.के. र मगर संघ यु.के. वेम्ब्ली शाखाका सास्कृतिक सचिव, वेम्ब्ली मिफुरुङ्ग युथ यु.के.को वरिष्ठ उपाध्यक्षको महत्वपुर्ण जिम्मेवारी सम्हालेर संस्थागत नेतृत्वको समेत बिकास गरिसक्नु भएको छ।
यस्तै उक्त अधिबेशनले उपाध्यक्षमा करिश्मा थापा मगर (बेम्ली) र सन्दीप राना, महा सचिवमा विपना थापा मगर (युएचएसवी), सचिव मेरिन पाइजा (युएचएसवी), सह सचिवमा विपस छन्त्याल (युएचएसवी), कोषाध्यक्ष दीपा सोमै मगर (वेम्ली), सह कोषाध्यक्षमा पवन राना मगर (वेल्स) र दिलुमाया राना मगर (वेस्ट लण्डन), सञ्चार सचिव महेश बुढा मगर, सह सञ्चार सचिवमा किरन थापवा मगर (वेस्ट लण्डन), सांस्कृतिक सचिव दिलु थापा मगर (प्लमिस्टड), सांस्कृतिक सचिव बुद्धी सरु मगर (वेम्बली), र दिनेश थापा मगर (प्लमस्टिड), प्राविधिक संयोजक बिकल थापा मगर (केन्ट) लाई निर्वाचित गरेको छ।
यसैगरी सदस्यहरुमा हिरा आले मगर (मोर्डन), यादब गाहा (क्याटरिक), रेशम थापा मगर (क्याटरिक), सभ्यता पुन (केन्ट), समिरा रोका मगर (केन्ट), शेरबहादुर रोका मगर (वेम्बली), प्रकाश घर्ती मगर (रेडिङ्ग शाखा) नूतन सिरिस (टोनब्रिज) निर्वाचित हुनुभएको छ।
मगर युवा संघ युकेको संस्थापक अध्यक्ष दीप राना मगर र उपाध्यक्ष यमुना आले मगर हुनुहुन्थ्यो भने दोश्रो कार्य समिति अध्यक्ष किशोर राना मगर, उपाध्यक्ष यमुना आले थापा मगर, उपाध्यक्ष अनिल थापा मगर र महासचिव दिपक थापा मगर, सचीव गुमान थापा मगर र कोषाध्यक्षमा समिक्षा राना मगर रहनु भएको थियो।
यस्तै संघको तेश्रो कार्यकालको अध्यक्षमा अनिल थापा मगर, उपाध्यक्ष समिक्षा राना मगर, र दीपक थापा “माईथाने” मगर, महासचिव करिश्मा थापा मगर, सचीव बिपना थापा मगर र कोषअध्यक्ष दीपा सोमाइ मगर रहनु भएको थियो।
विभिन्न म्यूजिक भिडियोमा सफल अभिनय समेत गरिसक्नु भएका नवनिर्वाचित दीपक थापा मगर संगीत तथा गीत सर्जक समेत हुनुहुन्छ। यु.के.मा रहेर नेपाली गीत संगीतमाको क्षेत्रमा योगदान दिनु भएका नवनिर्वचित अध्यक्ष दीपक थापा माइथाने मगरलाई मगर संघ, यु.के.का निवर्तमान अध्यक्ष सिता पूर्जा पुन मगरद्वारा सम्मान समेत गरिएको थियो।






