बेलायतमा अगष्ट ३ मा भब्य गुल्मेली मेला हुदै-खुल्ला मैदानमा पन्चे बाजामा चर्चित कलाकारले प्रस्तुती दिने अरु के छन् आकर्षण

लन्डन । बेलायतको गुल्मेली भेला अगष्ट ३ आइतबार हुने भएको छ ।

गुल्मी जिल्ला समाज यूकेले अगष्ट ३ तारिख आइतबार लन्डन फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स एण्ड लिजरको मैदानमा वार्षिक भेला गर्ने भएको हो ।

खुल्ला मैदानमा १७ औं वार्षिक भेला उत्कृष्ट र प्रभावकारी बनाउन कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगालाई तोकिएको महासचिव महलाल घिमिरेले लण्डन नेपाल न्युजलाई बताए,

महासचिब घिमिरेले भेलामा कलाकारका सांगीतिक प्रस्तुति र नौमती बाजासंगै गुल्मेली झयाउरे, ठाको भाकादेखि भजन र तीज गीतसम्मका नाचगानहरु हुने भएकोले उपस्थितका लागि अनुरोध गरेका छन्।

प्रथम नौमति बाजा गुल्मी यूके समूहको प्रस्तुतिका साथै विविध मौलिक गुल्मेली सांस्कृतिक कार्यक्रम र ख्यातिप्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुति गर्ने भेलाका थप आकर्षण रहनेछन्।

समाजका अध्यक्ष रुद्र थापाले कार्यक्रमको तयारीका कामहरु तिब्र रुपले भइरहेको जानकारी दिदै भेलामा बेलायतवासी सबै नेपालीलाई सहभागी हुन हार्दिक अपिल गरेका छन् ।

कार्यक्रमस्थलमा विभिन्न व्यपारिक स्टहरु पनि राखिनेछ । त्यस्तै, बालबालिकाका लागि बाउन्सी क्यासलसहितका मनोरञ्जन पनि रहनेछन् ।

कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ ।