धन गुरुङ ,
लण्डन
प्हच्कूईरों क्होन्मे UK भाई खलक 15 औं चेलीबेटी तथा भान्जा भान्जी संगको वार्षिक भेटघाट कार्यक्रम अध्यक्ष क्यापटेन जीवन कुमार गुरुङ को अध्यक्षतामा सनीबार 7 अक्टूबर 2023 मा स्यामुल कोड़ी स्पोर्ट कलेजमा भब्यताका साथ संम्पन्न भयको थियो ।
संस्थाका सचीब इन्द्र ( नारन) गुरुंग ले कार्यक्रम संचालन गर्नु भयको थियो l कार्यक्रम औपचारिक रुपमा संस्थाका अध्यक्ष क्यापटेन जीवन कुमार गुरुड तथा संस्थाका जेष्ठ सदस्य रत प्रसाद गुरूंग, नीर सुभा गुरुङ अनी चेली जगन कुमारी सहितले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम सुभारम्ब भएको थियो साथै चेलीबेटी को तर्फबाट जगन कुमारी गुरुङ ले धन्यवाद स्वरूप मन्तव्य दिनुभएको थियो । संस्थाका उपाध्यक्ष धन बहादुर गुरुङले स्वागत मंतब्य दिनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा सम्मान तथा शुभ-कामना को क्रममा कमल गुरुङ ज्यु लाई बेलायतको बिभिन्न संघ-संस्थामा अबद्य भई आर्थिक, भौतिक, नैतिक, तथा आफ्नो अमुल्य सल्लाह सुझाब दिनुभई प्रशंसनीय सामाजिक सेवा गरे वापत उहाँले आर्जन गर्नुभएको मान मार्यादा साथै एन्फा कास्कीको ब्राण्ड एम्बासडर जस्तो गरिमामय पदमा छनौट हुनु भएकोमा वाहाँको अतुल्यनिय योगदानको उच्च कदर गर्दै बिशीष्ट समाज सेवा सम्मान पत्र 2023 बाट सम्मानित गरिएको थियो l त्यस्तै ओम बहादुर घोताने गुरुङ ज्यु ले प्हच्कूईह्नों क्होन्मई तमु (गुरुङ) भाईखलक को बारेमा लामो समय अनुसन्धान गरी वंशावली पुस्तक 2078 लेखनमा पुराउनु भयको योगदान प्रती सम्मान स्वरूप उत्कृष्ठ समाज सेवा सम्मान पत्र 2023 बाट सम्मानित गरिएको थियो l यसैगरी बोल प्रसाद घोताने गुरुङ ले प्हच्कूईरों क्होन्मे UK भाई खलक प्रती पुराउनु भयको बिसेस योगदान र सहयोग को सम्मान स्वरूप उहाँको अतुल्यनिय योगदानको उच्च कदर गर्दै उहालाई पनी यो उत्कृष्ठ समाज सेवा सम्मान पत्र 2023 बाट सम्मानित गरिएको थियो l यसैगरी ज्वाँई हर्क बहादुर गुरुङ BCCUK को अध्यक्ष जस्तो गरिमामय पद मा चयनहुनु भएकोमा उहाँलाई पनी सम्मान गरियको थियो । यसैगरी रत प्रसाद गुरुड र भान्जा रन बहादुर गुरुड लाई 84 वर्ष पुग्नु भयको उपलाक्ष्छमा पनी जेष्ठ नागरिक सम्मान पत्र ले सम्मान गरियको थियो l
संस्थाका नयाँ सदस्यहरु मीन बहादुर गुरुङ, खेमकाजी गुरुङ, बेल बहादुर गुरुङ, सुरज गुरुङ साथै उहाका परिवारहरुलाइ स्वागत गरियको थियो l यसै सीलसीलामा समाजका नयाँ बाबा आमा बन्न सफल भएका दीबेस र देबीका गुरुङ, बीशाल र रुपा गुरुङ, रोहीत र रुपा गुरुङ साथै आशिक र अन्जीता गुरुड लाई बधाइ तथा शुभकामना दिईएको थियो । यस्तै उच्च सीक्षा हासील गर्न सफल डा. पुजा गुरुङ लाईपनी सम्मान गरीयको थियो। यसैगरी नवदम्पती छोरी रुकसाना र ज्वाँई दीपक गुरुङ साथै सामीन र ज्वाँई अनील गुरुङलाइ पनी शुभ-कामना साथै सम्मान गरिएको थियो ।
कार्यक्रममा खानाको ब्यवस्थापन AM O’ZONE रेस्टुरेन्ट ले आयोजना गरेको थियो भने पेय पदार्थ साथै बार संचालन गर्नमा पदम, साम, याम, कीरण, सत्तोस गुरुड, साथै म्युजीक साउण्ड सिस्टममा मनीराज, प्रेम र बोल गुरुड साथै सांस्कृतीक कार्यक्रममा सन्त कुमार गुरुड ले बिशेष भुमीका खेलेका थिए l
कार्यक्रममा RAFFLE DRAW को पनी आयोजना गरियको थियो साथै आकर्षक पुरस्कारहरु रहेको ले कार्यक्रम अझै रोचक बनेको थियो l

कार्यक्रमको दोस्रो चरणमा सन्त कुमार गुरुड को नेतृत्वमा नेपालबाट आउनु भयका चर्चित लोक स्वर सम्राट तथा दोहोरी गायक राजु परियार र सुप्रसिद्ध गायिका शीला आलेले बेजोड प्रस्तुति राखेका थिए र सम्पुर्ण सदस्यहरु साथै परिवारहरुलाई भरपुर्ण मनोरन्जन दिलाउन सफल भएका थिए।
अन्तमा संस्थाका अध्यक्ष क्या. जीबन कुमार गुरुडले प्हच्कुईरों भाईखलक UK स्थापना भयको 2008 सालदेखी नेपालमा भएको प्हच्कूईरो भाइखलक भित्र पर्ने दुःख सुख र प्राकृतिक विपत लगायतका कार्यहरुमा हामीले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनी निरन्तरता जारी राख्ने प्रतिवद्धता जनाउनु भयो साथै हाम्रो प्हच्कूईरो भाइखलक इतिहासको बारेपनी जानकारी दिनुभएको थियो l संस्थाका अध्यक्ष क्या. जीबन कुमार गुरुडले यस बार्षिक भेटघाट कार्यक्रममा सहभागी भई सुनमा सुगन्ध थपीदिनुभयकोमा संम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो l






