दाता अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ, १० असार । भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक, भौतिक एवम् नैतिक सहयोग एवम् समर्थन जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ प्रारम्भ भएको छ । राष्ट्रिय गानबाट प्रारम्भ भएको सम्मेलनमा भूकम्पमा परी दिवङ्गत भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । सम्मेलनको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको छ । सम्मेलनमा भूकम्पबाट भएको क्षतिसम्बन्धी विवरण समेटिएको वृत्तचित्र अहिले प्रस्तुत भइरहेको छ ।