पासा पुचः गुथि यूकेको अध्यक्षमा सुशील प्रजापति निर्वाचित, कार्यसमितिमा अरु को–को आए ?

लन्डन।पासा पुचः गुथि यूकेमा नयाँ कार्यसमिति चयन भएको छ ।शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा सम्पन्न संस्थाको अधिवेशनले सुशील प्रजापतिको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

अध्यक्ष निर्वाचित प्रजापतिले यसअघि संस्थामा उपाध्यक्ष, महासचिवलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका थिए । उनले दुई कार्यकाल पासा पुचः साउथ इष्ट लण्डनको अध्यक्षका रुपमा नेतृत्व पनि सम्हालेका थिए।

आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल, महासचिवमा नगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रजनी श्रेष्ठ, सहसचिवमा प्रजेश श्रेष्ठ, लिसा दली श्रेष्ठ र सहकोषाध्यक्षमा श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा सबिता मानन्धर, मधुसुदन कायस्थ, सचेतन तुलाधर, यादव श्रेष्ठ, रमेश श्रेष्ठ, माधवलाल श्रेष्ठ, सोनी श्रेष्ठ, सुरोज मास्के, केशव श्रेष्ठ, चरण प्रधान र सकिला मानन्धर चुनिएका छन् ।

बालमुकुन्द जोशीको संयोजकत्वमा ओजेश सिंह सचिव तथा अमृत स्थापित, सचेतन तुलाधर, शिवजी श्रेष्ठ र मदनमान श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो ।

यसअघि निवर्तमान अध्यक्ष ओजेश सिंहको अध्यक्षतामा समपन्न अधिवेशनमा उपाध्यक्ष सुशील प्रजापतिले विगत दुई वर्षका उपलब्धि तथा कोषाध्यक्ष रजनी श्रेष्ठले आर्थिक हिसाबकिताब प्रस्तुत गरेका थिए ।

त्यस्तै, अल्डरसट शाखाबाट प्रजेश श्रेष्ठ, लण्डनबाट ओजेश सिंह, रेडिङबाट दिव्य महर्जन र साउथ इष्ट लन्डनबाट नगेन्द्र श्रेष्ठले शाखाहरुको प्रगति विवरण पेश गरेका थिए ।

सो अवसरमा गुथिका संस्थापक सदस्यहरु अमृत स्थापित, महन्त श्रेष्ठ, शशी मानन्धर, बालमुकुन्द जोशी, उत्तम अमात्य, अर्जुन प्रधान र धर्म शाक्य, संस्थामा लामो समयसम्म योगदान गर्ने सदस्यहरु कुमार श्रेष्ठ, मनिष श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जानकी कायस्थ, कपिल श्रेष्ठ, राजन मल्ल र केशव श्रेष्ठ एवम् सल्लाहकारहरु सचेतन तुलाधर, यादव श्रेष्ठ, शिवजी श्रेष्ठ, कपिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो।

त्यस्तै, संस्थामा अन्य कार्यमा योगदान गर्नेरुमध्ये रथ निर्माणमा सोहन सुवाल, विष्णुप्रसाद प्रजापति र सञ्जिव श्रेष्ठ, धिमे कक्षामा सुरज मकाजु र कृष्ण वैद्य, नेपाल लिपी कक्षामा सुनिता डंगोल, आनन्दकुमार महर्जन र सुवर्ण बज्राचार्य, नेपाल भाषा कक्षामा मेरिलिना फ्रिसोन, आइटी सहयोगमा नीर महर्जन, वेबसाइट निर्माणमा समेन महर्जन, एक्टिभ रनमा इश्वर महर्जन, स्वयमसेवामा महेन्द्र शाक्य, इहि तथा केटापूजामा सुशिला मल्ल, बिना श्रेष्ठ र परशुराम बदगामी, निरन्तर सहयोगमा मदनमान श्रेष्ठ लगायत पनि सम्मानित भएका थिए । सोहि अवसरमा नेपालबाट आएकी चर्चित गायिका सहिमा श्रेष्ठलाई पनि गुथिले विशेष सम्मान गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई संस्थापक सदस्यहरु अमृत स्थापित र बालमुकुन्द जोशी, सल्लाहकारहरु शिवजी श्रेष्ठ, मनिष श्रेष्ठ, सचेतन तुलाधर, निवर्तमान अध्यक्ष ओजेश सिंहलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

नयाँ कार्यसमितिको तर्फबाट अध्यक्ष शुशिल प्रजापतिले आभार व्यक्त गर्दै बेलायतमा नेवारी संस्कृति, भाषा, कला संरक्षण र प्रवर्धनको लागि अठोट व्यक्त गरेका थिए ।