भव्य भयो मगर संघको कन्सर्ट :

बाचस्पति रेग्मी,

लण्डन ।

हजारौं दर्शकको सहभागिताबीच मगर संघ यूकेको आयोजनामा ओपन बुद्ध कन्सर्ट सम्पन्न भएको छ । भुकम्प पीडितको सहयोगार्थ फार्नब्रो रग्बी क्लबको खुला ग्राउण्डमा शनिबार आयोजित कन्सर्टमा नेपालका राष्ट्रिय कलाकारहरुले समेत प्रस्तुति दिएका छन । झण्डै तीन हजार दर्शक सहभागी सो कार्यक्रममा खुमन अधिकारी, दुर्गा परियार, निता पुन, प्रसाद खप्तरी लगायतले गीतहरु प्रस्तुत गरे भने दाजुभाई ब्याण्डसहित अन्य केहि स्थानीय कलकारले समेत दर्शकलाई मनोरञ्जन दिलाए ।11117620_1063497190345084_191883736_n[1]

संघका अध्यक्ष दुत पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रश्मोर काउन्सिलका मेयर मार्टिन टेनान्ट नेपाली दुतावासका प्रतिनिधी सुर्य थापा, एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेल, स्थानीय अअल्डरसट पुलिस स्टेसनका ईञ्चार्ज, , तमु धि अध्यक्ष रामचन्द्र सुर्जे गुरुग, ग्रेटर रश्मोर कम्युनिटी अध्यक्ष ओम थापा, बेलायती सेनाका लेफिटनेन्ट कर्नेल यम राना, मगर बुद्ध सोसाइटीकी देवुकुमारी पुन लगायत यहांका नेपाली समुदायका गन्यमान्यको उपस्थिति थियो । कार्यक्रमस्थलमा विभिन्न नेपाली खानाका स्टलहरु पनि राखिएको थियो । भुकम्प पीडितका लागि सहयोग जुटाउनका लागि आयोजकले राफल ड्र समेत सञ्चालन गरेका थिए । कार्यक्रममा संघका बेलायतस्थित ११ शाखाबाट भुकम्प पीडितका लागि संकलित १८ लाख रुपिया अध्यक्ष पुनलाई हस्तान्रण गरिएको थियो । संघका महसचिव बम थापा सुर्यवंशी मगरका अनुसार कन्सर्टबाट संकलित रकम पनि त्यसमा थप गरेर नेपालमा पीडितलाई सहयोग गरिनेछ । सन २००२ मा स्थापित मगर संघ यूकेले सन २००४ देखि हरेक वर्ष खुल्ला कन्सर्ट गर्दै आएको छ ।


nepal_news1434886260-magar_sangh[1]

तस्बिर मिलन तमु