विस रियल स्टेट र एम्पल रियलस्टेटबीच एकता

सिड्नी । अस्ट्रेलियामा रहेका रियलस्टेटहरु मध्ये विस रियलस्टेट र एम्पलबीच एकता भएको छ । रियलस्टेटको क्षेत्रमा क्रियाशिल दुवै संस्थाले एकआपसमा साझेदारी सहित एकता गरी अगाडी बढ्ने निणर्य गरेका हुन्।

विसका संस्थापक मध्येका एक सिताराम घिमिरेले विस रियलस्टेट र एम्पलबीच एकता  हुँदा अझै धेरै कार्यक्षेत्र विस्तार भएको र यसले दुवै सघंसंस्थाका व्यवसायीहरुलाई अझै बलियो बनेर काम गर्न उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

शनिबार सिड्नीमा आयोजित एक कार्यक्रममा एम्पल रियलस्टेट विस रियलस्टेटसगं मर्ज भएको हो । नेपाली व्यक्तिहरुबाटै सञ्चालित रियलस्टेटबीच प्रतिष्प्रधा गर्नुभन्दा एकआपसमा समाहित भएर अझै सक्रिय रुपमा कार्यगत एकता तथा साझेदारीमा काम गर्ने गरी मर्ज गरिएको विस रियलस्टेटका प्रिन्सिपल कल्याण कडेंल जानकारी दिए ।

विशेषत नेपाली व्यवसायहरु साझेदारीका व्यवसायहरु फस्टाउन नसकिरहेको अवस्थामा दुई रियलस्टेट संस्थाहरुबीचको मर्जर प्रक्रियाले नयाँ सन्देश दिएको छ । कार्यक्रममा एम्पल रियलस्टेटका प्रिन्सिपल पुणर्नाथ घिमिरे र विस रियलस्टेटका प्रिन्सिपल कल्याण कंडेलले दुई संस्थाबीच एकता भएको घोषणा सहित सहकार्यको औपचारिक शुभारम्भ गरेका थिए ।

कार्यक्रममा एम्पलवाट विस आएका जिवन शर्मा, भरत ज्ञवाली, सुनिल भण्डारी, भोला थापा, दिलु केसी, अभिशेक पाठक रबिन्द्र सापकोटालाई विसको टाइ प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै एम्पलका पुणर्नाथ घिमिरेले दुई संस्थाको सहकार्यले रियलस्टेटको क्षेत्रमा मात्रै नभएर अन्य जुनसुकै ठाउँमा नेपालीहरुको एकता र सम्बन्धलाई उदाहरणको रुपमा प्रस्तुत गरेको बताए ।

कार्यक्रममा मार्गेज ब्रोकर नविता काफ्ले ,लेख गुरुङ तथा एनआरएनए अभियान्ता डा.ज्ञानेन्द्र रेग्मी र सुरेन्द्र सिग्देल,  एन्जाका  संस्थापक अध्यक्ष हेमन्त काफ्ले, सल्लाहकार डा.राजु माननधर , साथै विस का किरण श्रेष्ठ, शैलेन्द्र कार्की  विस सेन्ट्रलकोष्ट शाखाका बिकाश काफ्ले ,राकेश थापा, कुमार खकुरेल,प्रमोद न्यौपाने  बाबु राज कडरिया  समेत को उपस्थिति रहेको ।