सिड्नी । अस्ट्रेलियामा रियलस्टेटको कारोबार गर्दै आईरहेका मुरारी लम्साल लगातार तेश्रो पटक ऐजेन्ट अफ द ईयरबाट सम्मानित भएका छन् । लम्सालले यसवर्षको एजेन्ट अफ द इयर २०२३ बार्डिया पनि हात पारेका छन् ।
लामो समयदेखि अस्ट्रेलियामा स्थापित रियल इस्टेट एजेन्टको रुपमा आफुलाई परिचित बनाएका उनले २०२१ देखि लगातार २०२३ सम्म बेस्ट एजेन्ट अफ द इयर जितिरहेका छन् । हाल उनी एक्स्पर्ट ईस्टेट ऐजेन्ट इगंलवर्नमा आवद्ध छन् ।
बाबु छोरानै रियलस्टेट कारोबारमा
अस्ट्रेलियामा रियलस्टेटको कारोबार गर्दै आईरहेका नेपाली बाबु छोरा अब्बल बन्दै गईरहेका छन् । विभिन्न समयमा विभिन्न अर्वाडहरुबाट पुरस्कृत समेत हुँदै आईरहेका उनीहरुको जोडि देख्दा जो कोही लोभिन्छन् । लामो समयदेखि आफ्नो बाबुले सम्हालेको पेशामा भर्खरै किशोरावस्था बाट युवावस्थामा लाग्दै गरेका छोराले पनि मज्जाले साथ दिएका छन् ।
अस्ट्रेलियामा रियलस्टेटको कारोबार गर्दै आईरहेका एक्स्पर्ट रियलस्टेटका एजेन्ट मुरारी लम्साल र उनका १७ वर्षीय छोराको जोडी रियलस्टेट क्षेत्रमा जमेको छ । उनीहरु बाबुछोराकोे जोडी साउथ वेष्टमा रहेका रियलस्टेट मध्ये उत्कृष्ट रियलस्टेट एजेन्टको सुचिमा पर्न सफल भएका छन् ।
अस्ट्रेलियामा रियलस्टेटको क्षेत्रमा एक स्थापित ऐजेन्टको रुपमा छवि बनाएका मुरारीलाई आफ्नै छोराले पछ्याउँदै छन् । उनीहरु उच्च स्तरको विक्री गर्ने रियलस्टेट ऐजेन्ट बनेका छन् । बार्डियामा २७ मिलियन घरजग्गा बिक्री गरेको बताउने लम्सालको यो जोडी अस्ट्रेलियाका उत्कृष्ट ऐजेन्ट मध्येमा पर्न समेत सफल भएका छन् ।
उनीहरुले छोटो समयमै महत्वपूर्ण स्थान हासिल गरेका छन् । बाबु मुरारीले आफ्नो छोराको लगाव देखेर अचम्मित भएको बताए । बहुसांस्कृतिक समुदायमा सजिलै भिज्न र सबै ग्राहकहरुको माग, आवश्यकता तथा उपयोगीता बुझ्न छोरा झनै माहिर भएकाले छोराको आगमन पश्चात रियलस्टेटको कारोबारसगैं गुणस्तरीयता र उत्कृष्टता समेत बढ्दै गएको उनको भनाई छ ।
मुरारीले २०२१ मा ऐजेन्ट अफ द ईयर अवार्ड बार्डिया, २०२२ मा ऐजेन्ट अफ द ईयर अवार्ड बार्डिया, २०२२ मा ऐजेन्ट अफ द ईयर अवार्ड एडमेन्सनपार्क लगायतका थुप्रै अवार्ड र सम्मानहरु जितेका छन् ।मुरारीले ऐजेन्ट अफ द इयर बार्डिया २०२३ को अवार्ड समेत जितेका छन् ।लम्साल २०२१ देखि लगातार २०२३ सम्म बेस्ट ऐजेन्ट अफ द ईयर अर्वाडबाट निरन्तर सम्मानित हुँदै आएका छन् । रेटमाईन्ट ऐजेन्ट नामक संस्थाले गरेको मूल्याकंनमा मुरारीलाई ३१ औँ स्थानमा सिफारिस गरेको छ ।
छोराले डेढ वर्षदेखि व्यवसायिक रुपमा काम गर्दै आईरहेका छन् । ग्राहकहरुको रुचीमा आफ्नो छोरा पर्दै गएको र अस्ट्रेलियामै जन्मेको भएर नेपाली र गैर नेपाली सबैसगं समन्वय गर्न सजिलो भएकाले पनि व्यवसायमा अझै सहज हुने मुरारीको विश्वास छ ।
१९९६ सेप्टेम्बरमा अष्ट्रेलियामा आएर १४ बर्ष सानो व्यवसायको अनुभब लिएका लम्साल त्यसपछि आफूले रियलस्टेटको अध्ययन गरेर यस व्यवसायमा लागेका थिए ।
यो पनि पढ्नुहोस्
नेपाली बाबु छोराको जोडीले एडमन्सन पार्कमा बेच्यो तेश्रो रेकर्डेड घर
शबर्बकै उत्कृष्ट बने नेपाली एजेन्ट मुरारी







