यु–१९ पुरुष विश्वकप एसिया छनोट-नेपाल र मलेसियाबीचको खेल आज

युएई । युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान १०:४५ बजेबाट शुरु हुनेछ । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।

पहिलो खेलमा नेपालले शुक्रवार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।